बैशाख १३, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बुधबार दुईवटा पोथी बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । 

वन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १३, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बुधबार दुईवटा पोथी बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । 

वन"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शुक्लाफाँटाबाट बाह्रसिङ्गे स्थानान्तरण

२०७४, १३ बैशाख बुधबार ०७:१५

बैशाख १३, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बुधबार दुईवटा पोथी बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । 

वन तथा भू–संरक्षण मन्त्रालयको २०७१ कात्तिक १८ गतेको निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जका लागि पहिलो चरणमा दुईवटा बाह्रसिङ्गे पठाइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो । 

मन्त्रालयको निर्णयअनुसार शुक्लाफाँटाबाट बर्दिया राष्ट्रिय निकुञ्जमा १० वटा तथा चितवन राष्ट्रिय निकुञ्जमा २५ वटा बाह्रसिङ्गे स्थानान्तरण गर्ने भनिएको थियो । पहिलो चरणमा गत वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा तीनवटा पोथी र दुईवटा भाले बाह्रसिङ्गे स्थानान्तरण गरिएको छ । 

“मन्त्रालयको निर्णयअनुसार बर्दियामा पाँच÷पाँच भाले र पोथी गरी १० तथा चितवनमा २० पोथी र पाँच भाले स्थानान्तरण गरिनेछ,” ढकालले भन्नुभयो । चितवनका लागि स्थानान्तरण कार्य प्रारम्भ भएको छ । 

बाह्रसिङ्गे स्थानान्तरण कार्यमा पाँचवटा हात्तीका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानी बक्सगणका ५० जना प्राविधिक तथा सहयोगी कर्मचारी परिचालन गरिएको निकुञ्जले जनाएको छ । 

स्थानान्तरणमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत युएसएड हरियो वन कार्यक्रमले आर्थिक सहयोग गरेको छ । तराई क्षेत्रमा रहेका घाँसे मैदान नेपालका अति सङ्कटापन्न वन्यजन्तु प्रजाति पाटे बाघ, गँैडा, हात्ती, बाह्रसिङ्गेका प्रमुख बासस्थान भएको हुनाले जैविक विविधता संरक्षणको दृष्टिकोणले अति महत्वपूर्ण मानिएका छन् । 

सन् २००० देखि हालसम्म चितवन राष्ट्रिय निकुञ्जबाट पनि शुक्लाफाँटामा एक सिङ्गे नौवटा गैँडा स्थानान्तरण गरिएको छ । योसँगै शुक्लाफाँटामा गैँडाको सङ्ख्या १६ पुगेको छ । मुलुकमा चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेको प्रमुख बासस्थान मानिन्छन् ।

मानवीय क्रियाकलापले गर्दा सन् १९६० को दशकमा चितवनबाट बाह्रसिङ्गे प्रजाती लोप हुनपुगेको थियो । शुक्लाफाँटामा अहिले दुई हजारभन्दा बढी र बर्दियामा १०५ को सङ्ख्यामा बाह्रसिङ्गे रहेका छन् । 

बासस्थानमा भएका अति सङ्कटापन्न वन्यजन्तु जलवायु परिवर्तन, रोग महामारी तथा अन्य प्राकृतिक तथा मानव सिर्जित विपत्तिका कारणले लोप हुनबाट जोगाउनका लागि वैकल्पिक बासस्थानमा स्थानान्तरण गरी व्यवस्थापन गर्नु आवश्यकता रहेको शुक्लाफाँटाका प्रमुख संरक्षण अधिकृत ढकालको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी