बैशाख १७, बुटवल | जिल्ला शिक्षा कार्यालय, स्थानीय पाठ्यक्रम निर्धारण समन्वय समितिले देवदह नगरपालिकाको नगर परिषद्बाट निर्णय भएबमोजिम बनेको स्थानीय पाठ्यक्रम निर्माण समित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १७, बुटवल | जिल्ला शिक्षा कार्यालय, स्थानीय पाठ्यक्रम निर्धारण समन्वय समितिले देवदह नगरपालिकाको नगर परिषद्बाट निर्णय भएबमोजिम बनेको स्थानीय पाठ्यक्रम निर्माण समित"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बौद्ध शिक्षा र देवदह परिचय पाठ्यक्रम स्वीकृत

२०७४, १७ बैशाख आईतवार ०२:३७

बैशाख १७, बुटवल | जिल्ला शिक्षा कार्यालय, स्थानीय पाठ्यक्रम निर्धारण समन्वय समितिले देवदह नगरपालिकाको नगर परिषद्बाट निर्णय भएबमोजिम बनेको स्थानीय पाठ्यक्रम निर्माण समितिले बनाएको पाठ्यक्रमलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । 

जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठकले यसै शैक्षिकसत्रबाट कक्षा ६ र ७ मा लागू हुनेगरी पाठ्यक्रम स्वीकृत गरेको हो । 

नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण नेपालले बुद्धमावली क्षेत्र देवदहका लागिमात्र नभएर लुम्बिनीवासीकै लागि गौरवको विषय हुने बताउनुभयो । 

नगरपालिकाले सिद्धिचरण भट्टराईको संयोजकत्वमा ‘बौद्ध शिक्षा र देवदह परिचय’ नामक स्थानीय पाठ्यक्रम बनाउन प्राज्ञ, स्थानीय शिक्षा प्रेमी र अन्य सरोकारवाला रहेको समिति गठन गरेको थियो । 

संयोजक भटराईले देश विदेशका कुराहरु जान्ने तर आफ्नै घर वरिपरिका महत्वपूर्ण स्थानीय सम्पदाको महत्व नबुझ्ने अवस्थाको अन्त्य गर्दै बौद्ध शिक्षाबाट चरित्रवान् नागरिक तयार गर्न धेरै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । 

समितिका सदस्य निर्मल ढुङ्गानाले पाठ्यक्रममात्र नभई लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राज्ञहरुको सहयोगमा पाठ्यपुस्तकसमेत तयार भई छपाइको प्रक्रियामा रहेकाले जेठको पहिलो सातादेखि कक्षा ६ मा पहिलो वर्ष लागू हुने र अर्को वर्ष कक्षा ७ मा लागू हुनेगरी तयारी भएको बताउनुभयो । 

केरवानी माविका प्राचार्य दुर्गादत्त शर्माले देवदहबाट सुरु भएको यो कार्यक्रमलाई सबै विद्यालयले उत्साहका साथ लागू गर्नुपर्ने बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह