श्रीमतीको सम्झनामा मन्दिर निर्माण

Posted on: 30 Apr, 2017

बैशाख १७, दाङ |  यहाँका एक व्यक्तिले श्रीमतीको सम्झनामा भगवती मन्दिर निर्माण गर्नुभएको छ । 

दाङ तुलसीपुर–६ निवासी देवराज धितालले स्व श्रीमती राधादेवी धितालको स्मृतिमा देवी भगवती मन्दिर निर्माण गर्नुभएको हो । 

धितालले तुलसीपुरको वरुवागाउँस्थित पार्कमा रु पाँच लाख ५० हजार खर्च गरेर देवी भगवती मन्दिर निर्माण गर्नुभएको हो । मन्दिरको अक्षतृतीयाको अवसरमा शनिबार उद्घाटनसमेत गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!