Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १८, चितवन । पूर्वी चितवनको खैरहनीमा रोकिराखेको टिपरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नं ८ स्थित बाबा ग्यास अगाडि सो दुर्घटना हुँदा राप्ती नपा– ६ का ४० वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम आउने क्रममा यहाँ रोकिराखेको ना३ख ९३९६ नंको टिपरमा विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४७ नंको पल्सर मोटरसाइकल ठोक्किँदा चालक चौधरीको मृत्यु भएको हो ।

आइतबार साँझ भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको गएराति उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उहाँको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।