बैशाख १८, चितवन । चितवनको भरतपुरमा प्रहरीको तालिमका क्रममा हानेको गोली लागेर एक जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका– ११ बसेनीको जङ्गलमा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रहरी जवान आधारभूत तालिमका क्रममा आइतबार फायरिङ क्षेत्रमा पुगेका एक जना स्थानीयलाई गोली लागेको हो ।

राइफलबाट फायरिङ भइरहेका अवस्थामा भरतपुर–११ ग्याल्बाटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर कुमाललाई गोली लागेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

उनको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको र गोली निकालिएकाले खतरामुक्त रहेको प्रहरीले जनाएको छ । रासस

May 1, 2017
चितवन - CTW, समाज
तालिमका क्रममा चलाएको गोली लागि एक स्थानीय घाइते
By kit
2 मिनेट पढाइ