बैशाख २०, नवलपरासी । स्थानिय तहको निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग नगर्न सम्पुर्ण राजनितिक दलहरुलाई जिल्ला बाल सञ्जाल नवलपरासीले आग्रह गरेको छ । जसरी गत सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २०, नवलपरासी । स्थानिय तहको निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग नगर्न सम्पुर्ण राजनितिक दलहरुलाई जिल्ला बाल सञ्जाल नवलपरासीले आग्रह गरेको छ । जसरी गत सं"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

चुनावमा बालबालिका प्रयोग नगर्न बाल सञ्जाल नवलपरासीको आग्रह

२० बैशाख २०७४, बुधबार ०७:५०


बैशाख २०, नवलपरासी । स्थानिय तहको निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग नगर्न सम्पुर्ण राजनितिक दलहरुलाई जिल्ला बाल सञ्जाल नवलपरासीले आग्रह गरेको छ । जसरी गत संविधान सभाको निर्वाचनमा विभिन्न दलहरुले चुनाव प्रचार प्रसारका लागि बालबालिकाहरुको प्रयोग गरेका थिए त्यस्तै यस स्थानिय चुनावको जागरण भेला तथा प्रचार प्रसारमा पनि गाउँ गाउँमा बालबालिका प्रयोग भैरहेको पाइएको हुँदा सबै राजनितिक दलहरुलाई बालबालिका प्रयोग नगर्न सञ्जालले आग्रह गरेका हो ।

महिला तथा बालबालिका कार्यालय नवलपरासीद्धारा आयोजित ३ दिने कार्ययोजना सम्बन्धित अनुशिक्षण कार्यक्रममा बालबालिकाहरुले जिल्लमा देखिएको विभिन्न बाल समस्याहरुको विषयमा व्यापक छलफल गरि कार्ययोजना समेत निर्माण गरेका थिए ।

जिल्लामा बालबालिकाहरुको प्रमुख समस्या बाल विवाह, बाल श्रम, बाल शोषण, बाल मजदुरी, बाल यौन दुव्र्यहार, बाल अधिकार, शिक्षा, भेदभाव, र लैङ्गिक हिंसा लगायतका मुख्य समस्याको रुपमा रहेका छन् । बाल क्षेत्रमा देखिएका यि समस्याहरुलाई सामाधान गर्न जिल्लाको विभिन्न सम्बन्धित नियको ध्यान पुग्न आवश्यक रहेको सञ्जालको सल्लाहकार देविशा लामिछानेले बताईन्

नवलपरासीमा हाल ७ नगरपालिका र ८ गाउँ पालिका छन तर एक मात्र सुनवल नगरपालिका बालमैत्री नगर घोष्णा भएको छ । बाकी रहेका नगरपालिका र गाउँ पालिकाहरुलाई पनि बालमैत्री घोष्णा गर्न यस सञ्जालले जिल्लाका करिब ९ सय बालक्लबहरुलाई लिएर उक्त अभियानमा अगाडी बढिरहेको छ । सञ्जालले नगरपालिका तथा गाउँ पालिकाहरु संग समन्वय गरि ठाउँ ठाउँमा कार्यक्रम, सडक नाटक र चेतनामुलक कार्यक्रम गर्दै आएको सञ्जालका अध्यक्ष प्रेम नेपालीले बताए ।

महिला तथा बालबालिका कार्यालयले जिल्लामा छरिएर रहेका बालबालिकाहरु स्थानिय स्तरका बाल क्लबहरु मार्फत एकता गराउन र बालबालिकाहरु हक अधिकार स्थापित गराउने काम गर्दै आएको कार्यालय प्रमुख उर्वरा लुईटेलले जानकारी दिईन् । पछिल्लो समयदेखि अहिले बालविहा, बालश्रम, बाल शोषण र बाल अधिकारका घटना घटदै गएको छ ।

बालबालिकाहरुलाई शिक्षा, प्रदान, क्षमता अभिबृद्धि र हक अधिकार स्थापित गर्न कार्यालयले महिला सहकारी मार्फत बाल अनुदान र विभिन्न कार्यक्रमहरु गर्दै आएको कार्यलय प्रमुख लुईटेलले बताईन् । नवलपरासीको ग्रामिण तथा पहाडी क्षेत्रमा बालबालिकाहरु बढि विभिन्न घटनाका शिकार बन्दै गएका छन् । सिमा क्षेत्रमा बालकालिहरुलाई घर परिवारले भिक्षा माग्न समेत परिचालन गरेको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता