कमल रावल/बैशाख २२, अछाम । मंगला नेरा मावि ओलिगाउले विद्यालयमा १ लाख बराबरको अक्षय कोष स्थापना गर्नु भएका बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका घर भई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/बैशाख २२, अछाम । मंगला नेरा मावि ओलिगाउले विद्यालयमा १ लाख बराबरको अक्षय कोष स्थापना गर्नु भएका बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका घर भई "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मँगला नेरा माविका १४ जना विद्यार्थिले बार्षिक छात्रबृति पाउने

२२ बैशाख २०७४, शुक्रबार १०:५२


कमल रावल/बैशाख २२, अछाम । मंगला नेरा मावि ओलिगाउले विद्यालयमा १ लाख बराबरको अक्षय कोष स्थापना गर्नु भएका बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका घर भई हाल काठमाण्डौमा बस्नु हुने नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारी शिक्षा प्रेमि झपट रावललाई सधन्यवाद ब्यक्त गरेको छ ।

विद्यालय ब्यावस्थापन समिती अध्यक्ष मिन बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले व्यवसायीक तथा प्राविधिक धार ईन्जिनियरिङमा अध्ययन गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सो अक्षय कोषबाट सहयोग गरिने बताउनु भयो । 

यस वर्षको प्राविधिक प्रबेश परिक्षा प्रथम, द्धितीय र तृतिय हुने छात्रा र छात्रा गरि ५ जनालाई सहयोग गरिने बताईएको छ । यस अघि मंगलसेन ९ निवासि मोहन सिह रावलले स्थापना गर्नु भएको अक्षय कोष मार्फत प्राविधिक तर्फ कक्षा ९ मा प्रथम, द्धितीय र तृतियलाई वार्षिक रुपमा सहयोग हुदै आएको विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो । 

यसै बिच वाक नेपाल अछामले पनि ओलिगाउको प्राविधिक तर्फ अध्ययनरत ५ जना विद्यार्थिलाई वार्षिक रुपमा सहयोग गर्ने भएको छ । 

गरिब, जेहेनदार ५ जना विद्यार्थिलाई सेभ द चिल्डेनको सहयोग वाक नेपालको युवा सशक्तिकरण परियोजना अन्र्तगत सहयोग गरिने वाक नेपालका महादेव ओझाले बताउनु भयो । साथै विद्यालयमा प्राविधिक सहयोग अन्तर्गत सोलार जडानका लागि  ५० सहयोग गरिने सम्झौतामा हस्ताक्षर भएको प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु