नन्दराम जैशी | बैशाख २३, जुम्ला | स्थानीय तहको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडाइ गर्ने योजना अनुसार जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मि ल्याइएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | बैशाख २३, जुम्ला | स्थानीय तहको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडाइ गर्ने योजना अनुसार जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मि ल्याइएको "/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मी भित्रिए

२३ बैशाख २०७४, शनिबार १५:४३

नन्दराम जैशी | बैशाख २३, जुम्ला | स्थानीय तहको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडाइ गर्ने योजना अनुसार जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मि ल्याइएको छ । 

चुनावलाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्ने सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाले थप सुरक्षाकर्मि मगाएको हो । जसमा ६२ जना म्यादी प्रहरी र अरु सबै प्रहरी सुरक्षाकर्मि रहेका छन् । जुम्लाका प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्था मजबुद बनाउने उदेश्यले यसअघि भर्ति गरीएका ३ सय ५३ जना म्यादी प्रहरी सहित ७ सय ५० बढि प्रहरी परिचालन गरीने भएको छ । डिएसपि गुरुविष्णु काँफ्लेका अनुसार जुम्लामा रहेका ७६ वटा मतदान स्थल र ८७ वटा मतदान केन्द्र मध्ये अति संवेदनशिल, संवेदनशिल र सामान्य मतदान केन्द्रका रुपमा विभाजन गरि सुरक्षा व्यवस्था कडाई गर्ने योजना तयार पारिएको छ । ७६ वटा मतदान स्थल मध्ये अतिसंवेदन शिलमा ४१, संवेदनशिलमा ९ र सामान्यमा २६ मतदान स्थल विभाजन गरीएको छ । 

अतिसंवेदनशिल र संवेदनशिल मतदान केन्द्रमा सइको नेतृत्वमा प्रहरी जवान र म्यादि प्रहरी सहित १० जना बढिको टोली परिचालन हुनेछ । तर सामान्य मतदान केन्द्रमा ५ जना प्रहरी जवान र ४ जना म्यादि प्रहरी सहित अन्य टोलि परिचालन गरिने उहाले बताउनुभयो । स्थानीय तहको चुनावलाई शान्त तथा मर्यादीत रुपमा सम्पन्न गर्न र हरेक नागरीकलाइ सुरक्षाको महसुस गराउन हामि लागि परेका छौ, उहाले भन्नुभयो । निर्वाचन सफल पार्ने सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालयमा रहेका ४ सय ८६ जना प्रहरी अपुग भएपछि थप प्रहरी मगाइएको हो । हामि सुरक्षा ब्यवस्थामा कुनै कमि हुन दिने छैनौ, प्रहरी निर्वाचन सफल पार्ने अन्तीम तयारीमा रहेको छ, उहाले भन्नुभयो । 

यसैबिच हाल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १० जना र जिल्ला निर्वाचन कार्यालयमा ५ जना प्रहरीलाई सुरक्षाको लागि खटाईएको छ । भने चन्दननाथ नगरपालिका सहित ७ वटै गाउँपालिकामा ३/३ जनाको प्रहरी टोली पनि परिचालन गरिएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता