वैशाख २४, बाँके । भारतीय नाका हुँदै विभिन्न अरब देशमा लैजान लागेका ६ जना महिलालाई बाँकेको कोहलपुरबाट प्रहरीले उद्दार गरेको छ । 

भारतको बाटो ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख २४, बाँके । भारतीय नाका हुँदै विभिन्न अरब देशमा लैजान लागेका ६ जना महिलालाई बाँकेको कोहलपुरबाट प्रहरीले उद्दार गरेको छ । 

भारतको बाटो ह"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय नाका हुँदै अरब लान खोजिएका ६ महिलाको उद्दार

२०७४, २४ बैशाख आईतवार १३:३१


वैशाख २४, बाँके । भारतीय नाका हुँदै विभिन्न अरब देशमा लैजान लागेका ६ जना महिलालाई बाँकेको कोहलपुरबाट प्रहरीले उद्दार गरेको छ । 

भारतको बाटो हुँदै राम्रो काम लगाइदिने बहाना र प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यका साथ बाँके, दाङ, सुर्खेत, बुटवलका गरी ६ जना महिलालाई उद्दार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार देशका विभिन्न क्षेत्रबाट अनेक प्रलोभन दिएर भारतीय बाटो हुँदै अरब देशमा पठाउने योजनाका साथ कोहलपुरको बसपार्क, ढकेरी र जीगाउँमा राखिएका महिलालाई उद्दार गरिएको हो । 

प्रहरीले अवैध रुपमा खाडीका देशमा पठाउने कार्यमा संलग्न तीन जना एजेन्टलाई प्रक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । 

पक्राउ परेकाविरुद्ध जिल्ला अदालत बाँकेमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रहरीले प्रक्राउ परेका व्यक्ति र उद्धार गरिएका महिलाको नाम भने खुलाएको छैन । 

यस घटनामा ठूलै गिरोह संलग्न रहेकाले थप अनुसन्धान जारी रहेको कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै