२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनवटा गाडी आपसमा ठोक्किँदा तेह्र जना घाइते

२०७४, २६ बैशाख मंगलवार ०३:२४

बैशाख २६, चिवतन । पूर्वी चितवनको रत्ननगरस्थित सौराहा चोकमा तीनवटा गाडी एकआपसमा ठक्कर खाँदा १३ यात्रु घाइते भएका छन् । 

रत्ननगर नगरपालिका–१ स्थित सडकमा गएराति १२: ३० बजेको समयमा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख ९३११ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ६१६३ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । 

दुर्घटनाका क्रममा बा ३ ख ९३११ नम्बरको बसको पछाडिबाट आइरहेको ना ५ ख ९१३६ नम्बरको बस समेत ठक्कर खान पुग्दा दुवै बसका गरेर १३ जना यात्रु घाइते भएका हुन् । 

घाइतेमध्ये चारजनाको रत्ननगर बकुलहर अस्पतालमा उपचार भइरहेको छ भने अन्यको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बस र ट्रकका चालक भने इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेका छन् । तीव्रगतिमा गाडी चलेकाले दुर्घटना भएको अनुमान प्रहरीको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य