वैशाख २६, काठमाडौँ । भूकम्पपीडित जनताले मोबाइल एप्समार्फत नै भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी पाउने भएका छन् ।

भूकम्पपछि नेपालमा काम गरिरहेको अन्तर्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २६, काठमाडौँ । भूकम्पपीडित जनताले मोबाइल एप्समार्फत नै भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी पाउने भएका छन् ।

भूकम्पपछि नेपालमा काम गरिरहेको अन्तर्रा"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी दिन मोबाइल एप्स

२०७४, २६ बैशाख मंगलवार १२:४९

वैशाख २६, काठमाडौँ । भूकम्पपीडित जनताले मोबाइल एप्समार्फत नै भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी पाउने भएका छन् ।

भूकम्पपछि नेपालमा काम गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बिल्ड चेन्ज नेपालद्वारा निर्माण गरिएको मोबाइल एप्समा पुनर्निर्माण प्राधिकरणले गरिरहेको काम, अडियो, भिडियो, भूकम्प प्रतिरोधी भवन निर्माणबारे सूचना, नयाँ निर्माण गरिने भवनको नक्सा, पुनर्निर्माणका लागि सरकारी मान्यताप्राप्त सिकर्मी, डकर्मीलगायतको तथ्याङ्क समावेश गरिएको छ ।

यस्तै एप्समा सरकारी अनुदान प्राप्त गर्न पालना गर्नुपर्ने नियम, प्राविधिक सल्लाह, गुणस्तरीय सामान, निर्माण शैली, निर्माणस्थलको सुरक्षा तथा सम्पर्क विवरणजस्ता कुरालाई समेटिएको छ ।

सो मोबाइल एप्सको आज सार्वजनिक गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले भूकम्पपछिको पुनर्निर्माणमा सोचेजस्तो प्रगति हासिल गर्न नसकिएको बताए। उनले भने, “दक्ष जनशक्ति देशमा हुन नसक्दा भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको छ ।”

प्रमुख कार्यकारी अधिकृत प्राडा पोखरेलले स्थानीय तहको निर्वाचन भएपछि प्राधिकरणलाई भूकम्प पुनर्निर्माण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बिल्ड चेन्ज नेपालका देशीय निर्देशक नोल तूफानीले नेपालको दुःखमा साथ दिन पाएकोमा खुसी व्यक्त गरे। उनले भूकम्पको पुनर्निर्माणमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल