बैशाख २८, डोटी | डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्ती माथिबाट बगेको खहरे खोलाले ढुङ्गामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २८, डोटी | डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्ती माथिबाट बगेको खहरे खोलाले ढुङ्गामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार "/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा बाढीका कारण ३२ घरधुरीमा क्षति, १९ परिवार विस्थापित

२८ बैशाख २०७४, बिहीबार ०६:१६

बैशाख २८, डोटी | डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्ती माथिबाट बगेको खहरे खोलाले ढुङ्गामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार परिवर्तन गरी गाउँमा पसेपछि सो क्षति भएको हो । 

बुधबार साँझ करिब ४ः३० बजेदेखि सुरु भएको भारी वर्षापछिको बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दाको भागाभाग भएको थियो । बाढीले मानवीय क्षति नगरे पनि १९ घरपरिवार विस्थापित भएका छन् । घरभित्र पसेको बाढीले घरभित्र रहेका लत्ताकपडा, अन्न बगाएको र केही चौपाया र एउटा पोल्ट्री फार्म पनि बगाएको स्थानीयवासीले बताए । बाढीले स्थानीयवासीको खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुर्याएको छ । 

गत वर्ष मनसुन सुरु हुनुअगावै जेठ २२ र २६ गते अकस्मात आएको बाढीले त्यस क्षेत्रमा रहेको दलित बस्तीमा क्षति पुर्याएको थियो । 

“पोहोरको बाढीपछि आफूहरुले सम्बन्धित निकाय सबैलाई जानकारी गराउँदा पनि आरडिएससीको अनुकूलन परियोजनाबाहेक अन्य ठाउँबाट कुनै किसिमको सहयोग प्राप्त भएन,” स्थानीय बाढीपीडित सङ्घर्ष समितिका अध्यक्ष भक्तबहादुर बलायरले भन्नुभयो, “जोखिम न्यूनीकरणका लागि कसैले चासो देखाएन ।” 

स्थानीयवासीले हिउँद लागेपछि मात्र चैनको श्वास लिए । उनीहरुको चैन फेरि हराएको छ । बुधबार आएको बाढीले ठूल्ठूला ढुङ्गा, माटोसहित गाउँ पसेको बाढीले गाउँलाई बगरमा परिणत गरेको छ । 

डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले भन्नुभयो, “उद्धारपछि तत्कालका लागि खतरा टरेपनि पानी पर्दा फेरि खतरा बढ्छ, त्यसैले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नु पर्छ ।” 

“एकाएक फेरि भूतझैँ बाढी गाउँमा पस्यो,” स्थानीयवासी चन्द्रा बलायरले भनिन्, “भागाभाग गरेर ज्यान जोगायौँ ।” बाढीले गाउँमा ठूल्ठूला ढुङ्गा, माटो र बालुवा ल्याएर जम्मा पारिदिएको छ, जसले घरका आँगन बगर बनेका छन् । खेतमा पूरै ढुङ्गा र बालुवा भरिएको छ । 

दर्जनौँ घरभित्र पानी पसेको छ, जसले करिब दर्जन घरपरिवार विस्थापित भएका छन् । विस्थापितहरु ग्रामीण विकास सेवा केन्द्रको जडीबुटी प्रशोधन केन्द्र भवन र स्थानीय आफन्तका घरमा आश्रय लिएर बसेका छन् । 

घटना घटेसँगै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट नेतृत्वको प्रहरी तथा सशस्त्र प्रहरीको टोली उद्धारका लागि परिचालित भएको थियो । यसबाहेक नेपाल रेडक्रसको टोली पनि घटनास्थलमा पुगेर त्रिपाल र कम्बल प्रदान गर्दै उद्धार कार्यमा जुटेको थियो । रासस 

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता