५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैधरुपमा सुन आयात गर्ने एक अभियुक्तलाई कारागार चलान

२९ बैशाख २०७४, शुक्रबार १३:२१

बैशाख २९, रसुवा । रसुवागढी नाकाबाट अवैधरुपमा सुन आयात गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई पुर्पक्षका लागि आज कारागार चलान गरिएको छ । 

रसुवा जिल्ला अदालतका स्रेस्तेदार ढाकाराम पौडेलका अनुसार चीनको केरुङबाट गत चैत ३ गते नेपाल भ्यिाइएको सात किलो सुनसहित टिमुरेमा पक्राउ परेका स्याङ्जा वालिङ घर भई हाल रसुवा जिल्लाको उत्तरगया गाउपालिका–४ मा बसाइँ सरी आएका प्रकाश गैह्रेलाई सङ्गठित अपराध नियन्त्रण ऐन २०७० र भन्सार ऐन २०६४ अन्तर्गत मुद्दा पेस भएकाले जिल्ला न्यायाधीश रामराजा उप्रेतीको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो । 

निज गैह्रेले ल्याएको सुनको मूल्य रु तीन करोड २० लाख ७० हजार पाँच सय कायम भएको बताइएको छ । 

सुन कारोबारमा दुई चिनियाँ नागरिक पनि रहेको गैह्रेले बयानमा उल्लेख गरेका छन् । सुन आयातमा संलग्न अर्का रसुवा कालिका गाउँपालिका–३ (साबिक धैबुङ गाविस–१ बेतिनी) का ३१ वर्षीय चेतनाथ न्यौपाने फरार रहेकाले निजलाई फरार सूचीमा राखी अभियोगपत्रसहित अदालतमा मुद्दा दायर गरिएको बताउँदै सहायक जिल्ला सरकारी वकिल वासुदेव लम्सालले यसअघि पनि गरेको दुई किलो सुन पार गरिसकेको गैह्रेको बयानबाट खुलेको जानकारी दिनुभयो । 

लम्सालका अनुसार सङ्गठित अपराधअन्तर्गत अभियुक्त दुवैलाई पाँच वर्ष कैद र रु ५० हजार जरिवाना एवम् भन्सार ऐनअन्तर्गत पनि थप एक वर्षदेखि तीन वर्षसम्म कैदको माग दाबी गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता