२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुकिङ गरी विद्युत् चुहावट गर्ने सात जना पक्राउ

२०७४, २९ बैशाख शुक्रबार १३:२६

बैशाख २९, लहान । विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले हुकिङ गरी विद्युत् चुहावट गर्ने आधा दर्जनलाई आज नियन्त्रणमा लिएको छ । 

विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत आज प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले सिरहा नगरपालिका–९ ठेंगहीबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने स्थानिय गणेश यादव, जुगती यादव, विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका कुमर पासवान, गुबदा पासवान र अर्नमा गाउँपालिका–३ अर्नमाबाट वीरेन्द्र ठाकुर, पवन पासवान र रञ्जीतकुमार मुखियालगायत सात जनालाई पक्राउ गरिएको विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो । 

पोलबाट हुकिङ गरेर चलाइरहेको टिभी दुई थान, मोटर दुई थान, पङ्खा दुई थानसमेत बरामद गरेकोे प्रमुख यादवले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक