५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी

३० बैशाख २०७४, शनिबार ०६:२१

बैशाख ३०, दमौली । तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ । 

रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ नौजनाको समूहमा आएका अपरिचित व्यक्तिले पार्किङ गरिराखिएको ना६ ख ३५२५ नं को बसमा आगो लगाएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । 

उक्त समूहले चालक र सहचालकलाई खुकुरी देखाई बाहिर निकालेर आगो लगाएको र त्यसको तीव्र खोजी भइरहेको जनाइएको छ । 

एक हप्ताअघि मात्रै अज्ञात समूहले निर्वाचन प्रयोजनका लागि ल्याइएको घिरिङ गाउँपालिकाको स्कार्पियो जिपमा आगजनी गरेको थियो । सो घटनामा शङ्कास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

त्यस्तै शुक्रबार राति नै तीन चारजनाको अज्ञात समूहले बन्दीपुर गाउँपालिका– १ स्थित बेलभन्ज्याङमा ना ३ ख ९११६ नं को ट्रकमा आगजनी गरेको छ । चालकलाई ट्रकमै राखेर उनीहरुले आगो लगाए पनि सिसा फोडेर उनी बाहिर निस्केको घटनास्थल पुग्नुभएका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए । 

शनिबार बिहान ५.१५ बजेतिर उक्त समूहले पेट्रोल छर्केर ट्रकमा आगजनी गरेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । बन्दमा गाडी चलाएको भन्दै चालक र सहचालकलाई भाटाले समेत हानिएको थियो । चिनी बोकेर डुम्रेबाट पोखरा जाँदै गरेको उक्त ट्रकमा आगजनी भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । 

व्यास नगरपालिकाबाट लगिएको दमकल, प्रहरी र स्थानीय बासिन्दाले करिब चार घन्टा लागाएर आगो निभाएको प्रनानि पाण्डेले बताउनुभयो । 

वन कार्यालय नजिकै शङ्कास्पद वस्तु 

भोर्लेटार चोक र जिल्ला वन कार्यालय नजिकै आज बिहान शङ्कास्पद वस्तु भेटिएको छ । कपडाको डल्लो बनाएर इँट्टा राखिएको अवस्थामा उक्त वस्तु भेटिएपछि व्यास– ५ रामवाण गुल्मबाट गएको बम निष्क्रिय टोलीले उक्त वस्तु हटाएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता