वैशाख ३१, काठमाडौँ । आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ३१, काठमाडौँ । आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश"/>

१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोटेश्वरमा किरियापुत्रीद्वारा मतदान

३१ बैशाख २०७४, आईतवार ०९:०१


वैशाख ३१, काठमाडौँ । आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ । 

उहाँका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएपछि उहाँ बुबाको किरियामा हुनुुहुन्छ । किरीयापुत्रीसँगै उनकी श्रीमती शान्ता र छोरा इन्जिनियर असिमसिंहले पनि मतदान गर्नुभयो । मतदानका लागि अर्जनु आफ्नो घरबाट ५ मिनेटको दूरीमा रहेको मतदान केन्द्रसँग हिँडेर जानुभएको पत्रकार बलराम प्यासीले जानकारी दिनुभयो । 

आफू किरियामा बसे तापनि बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले आफूले र आफ््नो परिवारले आफ्ना अमूल्य मतको प्रयोग गर्ने मौकाको सदुपयोग गरेको बताउनुभयो । 

त्रिदेवीनगरमा तिम्ल्याहा 

कामपा–३२ त्रिदेवीनगर, कोटेश्वरका तिम्ल्याहा दिदीबहिनीले स्थानीय तहको निर्वाचनमा सूर्यकोट मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ । यसअघि संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा उहाँहरुले भाग लिइसक्नुभएको छ । कोटेश्वरमा २२ वर्षअघि जन्मनुभएका श्रद्धा, कुसुम र अञ्जलिसिंह वनका नाउँमा कोटेश्वरचोकबाट ललितपुरतर्फ जाने चक्रपथको पूर्वीतर्फको ठूलो बस्तीलाई कामपाले विसं २०५२ जेठ १४ गते ‘त्रिदेवीनगर’ नामकरण गरेको बताइएको छ । रासस (

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत आजको मौसम, तराई र पहाडी भागमा हुस्सु र कुहिरो लाग्ने चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा एक महिलासहित दुई जना पक्राउ प्रहरी हौँ भन्दै किशोरीको अपहरण, दुई जना पक्राउ इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु सूर्यदर्शन सहकारी प्रकरण : पहिलो दिनको थुनछेक बहस सकियो आमाको शोकमा विक्षिप्त बनेकी छोरीको पनि मृत्यु नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल परीक्षा बिग्रिएपछि एकै साथ तीन छात्राले गरे विष सेवन: एकको मृत्यु, २ जना घाइते आगामी निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त : शशांक कोइराला मोरङमा दाउरा लिन जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु मन्त्रिपरिषद्को बैठक बस्दै प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक सहकारी ठगी प्रकरणमा पक्राउ परेकाको बयान अन्तिम चरणमा, आजैबाट थुनछेक बहस २ लिटर पेट्रोलले केपी ओलीको आलोचना ! एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरणमा‌ शीर्ष ३ मा परे नेपालले तेस्रो विश्व कप खेल्ने काठमाडौँमा मापसे गरी चलाएको तीव्र गतिको मोटरसाइकल बिजुलीको पोल ठोकिँदा एक युवकको मृत्यु काठमाडौँमा कोठाभित्र किशोरीको शव फेला: जबरजस्ती करणीपछि पोल खुल्ने डरले घाँटी थिचेर हत्या