२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी नगरपालिका खुला दिशामुक्त घोषणा

२ पुष २०७२, बिहीबार ०९:४५

विमल धामी/पुस २, कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी नगरपालिकालाई एक कार्यक्रमका विच खुला दिशामुक्त घोषणा गरिएको छ ।

बेल्डाँडी नगरपालिका स्तरिय खानेपानी तथा सरसफाई स्वछता समन्वय समिति र जिल्ला खानेपानी सरसफाई तथा सरसफाई स्वछता समन्वय समितिको आयोजनामा बिहीबार खुला दिशामुक्त घोषणा गरिएको हो । बिहान नगर क्षेत्रका समुदायिक विद्यालय, निजी विद्यालय, महिला समुहहरुले ¥याली समेत निकालेका थिए ।

कञ्चनपुरका स्थानिय विकास अधिकारी तथा जिल्ला खानेपानी सरसफाई तथा सरसफाई स्वछता समन्वय समितिका अध्यक्ष मोहन पौडेलले एक कार्यक्रमका विच बेल्डाँडी नगरपालिका खुलादिशा मुक्त घोषणा गर्नुभयो ।

उद्घाटन समारोहमा स्थानिय विकास अधिकारी पौडेलले स्थानियहरुले समेत घोषणा अनुसार व्यवहारिक रुपमा कार्यान्वयन गनुपर्नेमा जोडदिएका छन् ।

कार्यक्रममा बेल्डाँडीका स्थानिय राजनीतिक दल, नागरिक समाज, बृद्धिजिवीहरुले नगरमा खानेपानीको योजना नभएका कारण धाराको पानि पिउन बाध्य भएका कारण जिल्लाका सरोकारवाला निकायहरुलाई खानेपानीको योजना ल्याईदिन माग गरेका छन् ।

स्थानियहरुले खानेपानी नहुँदा आफुहरुको स्वास्थ्यमा समेत खराब अवस्था आएको गुनासो गरेका छन् । स्थानियहरुले जतिछिटो खानेपानीको योजना दिन समेत आग्रह गरेका छन् ।

बेल्डाँडी नगरपालिका भित्र गाभिएको रौतेलीविचुवा यस अघि नै खुलादिशा मुक्त घोषणा गरिएको थियो । बेल्डाँडीमा चार हजार २०९ घरधुरी रहेका छन् ।

बेल्डाँडी नगरपालिका स्तरिय खानेपानी तथा सरसफाई स्वछता समन्वय समितिका अध्यक्ष राज बहादुर विष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनितिक दल, सरकारी कार्यालका प्रतिनिधी, नागरिक समाज, स्थानिय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव