पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ ३, सल्यान |</b> सल्यानमा विजयी जुलुसमा सहभागी हुने क्रममा कांग्रेसका एक कार्यकर्ताको लडेर मृत्यु भएको छ ।<br></p><p>सल्यान जिल्लाको साविकको त्रिवेणी-९ का २४ वर्षीय खिमबहादुर खत्रीको लुहाम बजारमा मृत्यु भएको खबर प्राप्त भएको छ । </p><p>सल्यानको त्रिवेणी गाउँपालिकामा कांग्रेस बिजयी बनेपछि जुलुसमा सहभागी भएका खत्रीको लडेर मृत्यु भएको हो ।</p>

