८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा बाबुछोरीसँगै प्रवेशिका परीक्षा दिँदै

१८ चैत्र २०७२, बिहीबार ०७:४५

चैत १८, कञ्चनपुर । कञ्चनपुरको देखतभूली–३ सिगलपट्टिका बुबाछोरी एउटै परीक्षा केन्द्रमा सँगै प्रवेशिका परीक्षामा सहभागी भएका छन् ।

शिव शक्ति माध्यमिक विद्यालय कालागौँडीमा अध्ययनरत ४० वर्षीय गङ्गाराम राना र उहाँकी १७ वर्षीय छोरी उर्मिला रानाले राष्ट्रिय उच्च माध्यमिक विद्यालय पिपलाडीमा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । बाबुछोरी दुवै जना परीक्षामा सहभागी भएको केन्द्रका केन्द्राध्यक्ष मोहनचन्द्र जोशीले बताउनुभयो । गङ्गारामले उमेर बढी भए पनि उच्च शिक्षा आर्जन गर्न चाहेकाले प्रवेशिका परीक्षामा सहभागी भएको बताउनुभयो ।

“पढ्नका लागि उमेरले छेक्दैन,” उहाँले भन्नुभयो, “शिक्षित भएर समाजका लागि उदाहरणीय बन्न चाहेको छु ।” बुबाछोरी दुवै जनाले संयुक्तरुपमा विद्यालय र घरमा प्रवेशिकाको तयारी गरेकाले परीक्षामा सोधिएका प्रश्नको उत्तर लेख्न सहज भएको उहाँले बताउनुभयो । शिवशक्ति माविका प्रधानाध्यापक लोकराज जोशीले गङ्गाराम बढी उमेरका भए पनि अन्य छात्रछात्राको तुलनामा अब्बल रहेको बताउनुभयो ।

प्रधानाध्यापक पन्तले भन्नुभयो, “कक्षा ८ मा विद्यालयमा भर्ना भएर पढ्दै आएका उनी सधैँ कक्षामा प्रथम श्रेणीमै उत्तीर्ण हुदै आएकाले प्रवेशिकाको नतिजा पनि उच्च नै रहने आशा गरेका छौँ”। उर्मिला कक्षामा प्रथम श्रेणीमा उत्तीर्ण नहुने भए पनि अनुशासित र मेहनती विद्यार्थी रहेको विद्यालयको शिक्षक भरतराज भट्टले बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता