२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पतञ्जलि योग समिति कञ्चनपुर द्वारा बृहद् योग शिविरको आयोजना

२०७३, १० बैशाख शुक्रबार ०१:३५

भाष्कर के.सी । बैशाख १०, कञ्चनपुर । पतञ्जलि योग समिति कञ्चनपुरले बृहद योग शिविरको आयोजना गर्ने भएको छ ।

वर्तमान समयमा अधिकाँश मानव कुनै न कुनै रोगले ग्रसित रहेको र तनाव, जथाभावी खानपीन, डिप्रेसन, निरासा र उदासीनता बढ्दै गई रहेको अवस्थामा यी सबै समस्याका निराकरण गर्न, कुलत हटाउन र राम्रो संस्कार दिन योग, प्राणायाम, ध्यान र व्यायामको माध्यमबाट जीवन लाई उत्प्रेरित गरी समाज र देशको लागी योग्य नागरिक बनाउन शिविरको आयोजना गरिएको हो । योग शिविरमा प्रशिक्षण दिन स्वामी रामदेव बाट प्रशिक्षित मुख्य योग प्रशिक्षकहरु लाई निम्ताएको पतंजली योग समिति कञ्चनपुरले जानकारी गराएको छ ।

योग शिविरमा प्रवेश पत्र भएकालाई निःशुल्क स्वास्थ्य परीक्षण पनि गराइने भएको छ । प्रवेशपत्रका लागि पतंजलिको कार्यालयमा विहान १० बजे देखि साँझ ५ बजे सम्म नाम दर्ता गरिरहेको र सो शिविर संचालनकालागि सहयोग स्वरुप रु. १००।– रु.२५०। र रु.५००। को सहयोग राशि राखिएको व्यहोरा पतंजली योग समितिका योग प्रशिक्षक लबराज भट्टले बताउनु भयो । उक्त ८ दिने योग शिविर यही बैशाख ११ गते देखि यही बैशाख १८ गते सम्म विहान ५ बजे देखि ७ बजेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै