२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

स्थानीय कुखुराको माग बढ्दो

२०७१, १० माघ शनिबार ००:३७

गंगराज पण्डित/माघ-८, बाजुरा । जिल्ला सदरमुकाम मार्तडी लगाएतका अन्य बजारमा स्थानीय कुखुराको माग बढेको छ ।

एक साता देखि बढेको चिसोसंगै मासु तथा तातो झोल बनाएर खानको लागि स्थानीय बजारमा कुखुराको माग बढेको हो । लोकल कुखुराको मासु स्वास्थ्यका लागि बढी फाइदा हुने भएकोले विभिन्न कर्मचारी लगायत विभिन्न व्यक्तिहरुले स्थानीय कुखुरा नै खोज्ने गरेका छन् ।

बजारमा जिल्ला बाहिरबाट जाँच विना व्याइलर र क्वाइलर कुखुराहरु भित्रिन थालेपछि स्थानीय कुखुरा बजारमा आउनै छोडेको व्यापारीले बताउने गरेका छन् । स्थानीय बजारमा जिउँदो स्थानीय कुखुराको मूल्य प्रतिकिलो ८ सय बढी रुपैयासम्म पर्ने गरेको छ ।

ब्रोइलर कुखुराको मासु सस्तो भएपनि मिठो र स्वास्थ्यलाई फाइता जनक नहुने भएपछि स्थानीय कुखुराको माग बढेको हो । स्थानीय कुखुराको मासु स्वास्थ्यका लागि पनि बढी फाइदा जनक हुने गरेको पशु स्वास्थ्य कर्मीले बताउने गरेका छन् ।

स्थानीय कुखुरा पालकहरुले पनि पछिल्लो समयमा भनेजति मूल्यमा कुखुरा विक्रि हुन थालेपछि उत्साहित भएर कुखुरा पालनमा आकर्षित हुन थालेका छन् । दुई बर्ष यता नै स्थानीय कुखुराको माग बढ्दै गएको भएपनि उत्पादनमा भने वृद्धि नभएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण