२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

विकासमा एकहुनु पर्छ : थापा

२०७१, १३ मंसिर शनिबार ०१:१३

गंगराज पण्डित/बाजुरा-१३, मंसिर/ पूर्व उद्योग मन्त्री कर्णबहादुर थापाले जिल्लाको विकासमा सबैले राजनीतिक स्वार्थ भन्दा माथी उठेर लाग्नु पर्ने बताउनु भएको छ । वैचारिक रुपमा अलग भएपनि विकास निर्माणका सवालमा एक हुनुको विकल्प नभएकोले त्यसका जिल्ला तहका सबै नेताहरुले बुझ्न जरुरी रहेको बताउनु भएको छ ।

बाजुरा जिल्ला खुला दिसा मुक्त घोषणा कार्यक्रमलाई संवोधन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहनु भएका नेता थापाले विकासका नाममा राजनीति गर्नु नै जिल्लाका लागि दुर्भाग्य हुने बताउनु भएको छ । गाली गर्दा ताली बजाउने संस्कार अनत्य हुनु पर्नेमा जोड दिनु भएका थापाले यो संस्कारले विकास हुन नसक्ने बताउनु भएको छ ।

राजनीति संस्कारको विकास हुन नसक्दा देश विकास निर्माणको गतिमा अघि बढ्न नसकेको बताउनु भएका नेता थापाले कुरा भन्दा कामलाई प्रदान ठानेर अघी बढ्नु पर्नेमा जोड दिनु भएको छ । विभिन्न कारणले मानसिकता निकै कमजोर भएकोले आजको युगमा आएर दिसा गर्ने बानी र हात धुनु पर्ने तरिका सिक्नु परेको बताउँदै थापाले हरेक व्यक्तिले व्यवाहारलाई परिर्वतन गर्न जरुरी रहेको बताउनु भएको छ ।

मन्त्रीबाट फिर्ता बोलाएको घटना तर्फ संकेत गर्दै थापाले पार्टीको आन्तरिक मामिलालाई नबुझी विना अर्थमा टिकाटिप्पो र प्रचारबाजी गर्नुको कुनै तुक नभएको दाबी गर्नु भएको छ । उहाँले सहमतिबाट संविधान निर्माण हुन नसके प्रक्रियाबाटै भएर पनि संविधान तोकिएकै मितिमा जारी गर्ने पक्षमा एमाले रहेको बताउनु भएको छ । उहाँले कर्मचारीलाई राजनीति नगर्न आग्रह गर्दै जनताको पक्षमा काम गर्दा हस्तक्षेप गर्न खोजिए संरक्षण दिने जिम्मा काम मेरो भएको बताउनु भएको छ ।

कार्यक्रममा पूर्व भूसिधार सहायक मन्त्री जनकराज गिरीले जिल्लाको विकासका लागि साझा सहमति, साझा चिन्ता र सयुक्त अभियानको खाँचो पर्ने बताउनु भएको छ । अढाई वर्षमै जिल्ला घोषणा भएको उदारण दिँदै उहाँले यसै अभियानको सिको गर्दै बाँकी विकास निर्माण प्रक्रियालाई अघि बढाउनु पर्ने बताउनु भएको छ ।

सभासद बसुन्धरा रोकायाले महिलाको सरसफाई अभियानमा महिला दिदिबहिनीहरुले पुर्याएको योगदानको उच्च कदर गर्दै महिला अधिकार सुनिश्चित गर्नमा लागि पर्ने बताउनु भएको छ । एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले परिर्वतनका लागि आ आफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्नु पर्नेमा जोड दिनु भएको छ ।

खुला दिसा मुक्त जिल्ला घोषणा तर्फ संकेत गर्दै थापाले जिल्लाको पहिचान बदल्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले अब सरसफाईको क्षेत्रलाई मात्र नभई अन्य क्षेत्रको विकास निर्माणमा पनि बाजुरालाई ७५ औं स्थानमा नभई शिर्ष स्थानमा उकाल्ने काम गर्नमा लागि पर्ने बताउनु भएको छ ।

पूर्व सभासद देवराज जोशीले जिल्लाको रुपान्तरणका लागि कुरा गर्ने काम नगर्ने परीपार्टीको अन्त्य हुनु पर्नेमा जोड दिनु भएको छ । कार्यान्वय पहिलो पक्ष भएकोले गर्न सकिने कामको जिम्मा आफू र नसकिने अरुलाई दिने चलन पनि हट्नु पर्नेमा जोड दिनु भएको छ । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले अब जिल्लालाई पूर्ण सरसफाईका लागि यसै रफ्तारमा अघि बढाउनु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण