पढ्न करिब 1 मिनेट लाग्छ

खकेन्द्र केसी

जेठ २८, सल्यान ।

सहकर्मीको गिरफ्तारीको विरोधमा क्रान्तिकारी पत्रकार संगठन राप्तीले विज्ञप्ती निकालेको छ । राप्तीका विभिन्न स्थानबाट पत्रकार गिरफ्तार गरेको विरोधमा रिहाइको माग सहित संगठनले विज्ञप्ती निकालेको हो ।

संगठनका राप्ती व्यूरो संयोजक डिल्लीराज रावतले हस्ताक्षर गरेको विज्ञप्तीमा लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको भनिएको छ ।

नेताहरुसंग बसेर छmलफल गरेकै आधारमा र लेखेकै आधारमा राप्तिका पत्रकारहरु पुष्टमान घर्ती, राजेन्द्र राउत, यांक पुनलाई हिरासतमा राख्नुका साथै सार्वजनिक मुद्दा चलाएको, हरि भण्डारी र लिलाराम बुढालाई नियन्त्रणमा लिएर केरकार गरिएको र संगठनमा आवद्ध व्यक्तीहरु कार्यरत संचार माध्याममा विभिन्न आक्षेप लगाएको भनिएको छ ।

विज्ञप्तीमा विना कारण गिरफ्तार र सार्वजनिक मुद्दा लगाउने घटनाको घोर भत्सर्ना गर्दै पत्रकारहरुको रिहाइको निम्ती पहल गर्न विभिन्न निकायमा अनुरोध गरिएको छ ।