६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ग्यास चुलो किन्ने विवादमा लाठीले हानेर श्रीमतीको हत्या

३१ जेष्ठ २०७४, बुधबार ०७:४०

जेठ ३१, सुर्खेत । ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३१ वर्षीया श्रीमती पदमा बुढाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार ग्यासको चुल्हो किन्ने विषयमा मङ्गलबार साँझ ५ बजेतिर उनीहरुबीच विवाद भएको थियो ।

‘दुवै रक्सीले मातेका थिए, विवाद बढ्दै जाँदा बलहादुरले लाठीले पदमाको टाउकोमा हाने,’ उनले भने, ‘बेहोस् भएर ढलेकी पदमालाई उपचारका लागि क्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भयो ।’

प्रहरीले श्रीमतीको हत्या गर्ने बलबहादुरलाई पक्राउ गरेको छ । उनी बिरामी रहेकाले क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

अदालतबाट म्याद थप गरेर यस विषयमा थप अनुसन्धान गरिरहेको उनले बताए । केही दिनभित्रै अनुसन्धान प्रक्रिया सुरु गरेर अदालतमा पेस गर्ने  उनको भनाइ छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या