Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सल्यानमा मापसे गरेका वडा अध्यक्षद्वारा घर तोडफोडको प्रयास

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

खकेन्द्र केसी/असार १, सल्यान । सल्यानमा नव निर्वाचित वडा अध्यक्षले मादक पदार्थ सेवन गरेर एउटा घरमा तोडफोडको प्रयास गरेका छन् ।

जिल्लाको शारदा नगरपालीका वडा नम्बर १२ बाट वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका दिपक हमालले रेशमजिउलाका स्थानीय विनोद चलाउनेको घरमा बुधबार राति साढे ११ बजे तिर तोडफोडको प्रयास गरेका हुन ।

मापसे गरेका हमालले घरमा एक्ली महिला भएको मौका पारी घरमा राखिएको डिसहोमको छातामाथि तोडफेड गरेको प्रहरीले बताएको छ ।

तोडफोड गरे लगतै इलाका प्रहरी कार्यालय श्रीनगर बाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रनमा लिएको थियो । वडा अध्यक्ष हमालले गल्ती गरेको सुइकार गरेपछि अब देखि यस्ता काम नगर्ने भन्दै छोडिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।