2026-08-29 09:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा २२ वर्षिया युवतीको बलात्कारपछि हत्या

असार ३, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका–१ चिदिकाका २२ वर्षिया सुमित्रा कुमालको बलात्कारपछि हत्या भएको छ । 

सन्धिखर्क–२ भद्रीखोलाका २२ वर्षे रमेश बादीले गुल्मी र अर्घाखाँचीको सिमानामा पर्ने केदुवा खोलामा सुमित्रालाई बलात्कार गरी घाइते बनाएर फरार भएका थिए ।

घाइते सुमित्राको पाल्पामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । घटनामा संलग्न रमेश बादीलाई घटना भएको ४ घण्टामै बल्कोट प्रहरी चौकी र गुल्मीको खर्ज्याङ प्रहरी चौकीकोे टोलीले प्रकाउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा थुनामा राखिएको छ ।

अभियुक्त रमेश बादी केही समय पहिले मथुरास्थित एकजनाको घरको भैंसीको पाडी चोरेर खाएको बिषयमा जिल्ला अदालतबाट ३७ हजार ५ सय रुपैयाँ जरिबाना र क्षतिपूर्ति सजाय सुनाएपछि उनी फरार भएका थिए ।

बादी त्यस क्षेत्रमा ज्यामी काम गर्ने गरेको प्रहरीले जनाएको छ । उनले भद्रीखोला आसपासका क्षेत्रमा अशान्ति मच्चाएको आरोपमा बारम्बार थुनामा पर्दै आइरहेका थियो । उनीमाथि बलात्कार र कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप कुमार डिसीले जानाकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो