२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवरुद्ध रहेको हेटौँडा–काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने

२०८१, २० आश्विन आईतवार ०९:१६

हेटौँडा । गत ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पु-याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने भएको छ ।

यस सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछि आजबाट सवारीसाधन सञ्चालन हुने भएको हो ।
यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले आजबाट सडक सञ्चालन आउने बताए ।

उनले भने, ‘फाखेल सडक खण्ड आज दिउँसो १ बजेबाट सञ्चालन गर्ने विषयमा छलफल भएको छ। हामीले तत्काल यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू तयार पारेका छौँ । अब कुनै ठुलो समस्या नआए आज दिउँसोबाट सवारीसाधन निर्वाध सञ्चालन गर्न सकिन्छ ।’

निर्देशक पोखरेलले कुलेखानी ड्याममुनिको पुलको पहुँच मार्ग भत्किएकोभन्दा केही तलबाट डाइभर्सन निर्माण गरेको जानकारी दिए । उनले शनिबार रातिसम्ममा डाइभर्सनको काम पूर्ण रूपमा सकिने बताए ।

यस्तै, माहालक्ष्मी खोलाले बगाएको सडकको सबै ठाउँमा आवश्यकताअनुसार मर्मत र अप्ठ्यारो ठाउँहरूमा डाइभर्सन बनाएर बाटो क्लियर गरेको उनको भनाइ छ । निर्देशक पोखरेलका अनुसार फाखेल सडक भएर आज केही मोटसाइकल सञ्चालनमा आएका छन् भने उक्त सडकखण्डमा फसेका सवारीसाधानसमेत गन्तव्यतर्फ लागेका छन् ।

यता, कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनका लागि भने सोमबारसम्मै कुर्नुपर्ने उनको भनाइ छ। उक्त सडकखण्डमा बाढीले सडक बगाएका ठाउँमा तत्काल बाटो निर्माण गर्न नसकिने भएपछि खोलाको बाटो भएर सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउने काम भइरहेको पोखरेलले जानकारी दिए ।

कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी सडक खण्डमा भइरहेको काम र यातायात सञ्चालनको पूर्वतयारीका विषयमा बुझ्न शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद चिलुवाल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतको टोली निरीक्षणको लागि फाखेल महालक्ष्मी पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने