दान बहादुर बुढा/असार ७, मुगु । जिल्लामा दिर्घ रोगीहरु यतीवेला योग  अभ्यासमा आर्कशित भएका छन । 

आर्थीक लगानी विनानै सामान्य देखी ठूल-ठूला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/असार ७, मुगु । जिल्लामा दिर्घ रोगीहरु यतीवेला योग  अभ्यासमा आर्कशित भएका छन । 

आर्थीक लगानी विनानै सामान्य देखी ठूल-ठूला"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दिर्घ रोगीहरु योग अभ्यासमा आकर्षित

२०७४, ७ असार बुधबार १३:१८


दान बहादुर बुढा/असार ७, मुगु । जिल्लामा दिर्घ रोगीहरु यतीवेला योग  अभ्यासमा आर्कशित भएका छन । 

आर्थीक लगानी विनानै सामान्य देखी ठूल-ठूला क्यान्सर दम हेपाटाइटीस वाथ जस्ता रोगहरु निकोहुने विश्वासले योगमा आर्कशित भएका हुन ।

जिवनको ३५ बर्षको उम्मेरहुदा उच्च रक्तचाप १६० का तल १०० पुग्यो, दम, ग्यासट्रीक, घाटीको थाइराइड, ढाडको समस्या बाथ रोग जस्ता बिभिन्न दिर्घरोगहरुको सिकार हुन पुगे जस्ले मलाइ डिप्रेशन समेत बनायो अनी म उपचारको खोजीको क्रममालागे  एउटा योगा सम्वन्धी सिडी चक्का भेटाएर महीले योग गर्न सुरुगरे आज सात वर्षमा म सामान्य र स्वस्थछु । योगगुरु जय बहादुर मल्लले तेस्रो विश्व योग दिवसको कार्यक्रममा आफ्नो अनुभव सुनाय ।

सदरमुकाम गमगढीमा यतीबेला हरेकदीन विहान ४० देखी ५० जना योगा गर्दै आएका छन । बिहान साढे ४ बजेदेखी करीव २ घण्टा निरन्तर ७ बर्ष यता योग सिकाउदै आएको छु । योग गुरु जय बहादुर मल्लले लोकान्तरलाइ जानकारी गराए । मल्ल पतनजली योग समिती नेपालका केन्द्रीय सदस्य तथा मुगु जिल्ला अध्यक्ष पनि हुन ।

पेशाले स्वास्थ्यकर्मी (अहेव) भएपनी मेडीकल साइन्समा विश्वास कमैमात्रामा गर्छन मल्ल उनि (गरौ योग रहौ निरोग) भन्ने सन्देसका साथ सवैलाइ योग ध्यान गर्न आग्रह गर्छन । उनले ७ बर्षमा करीव २ हजार भन्दा बढीजनालाइ योग शिक्षा दियिसकेका छन भने योगमय मुगु बनाउने उनको दृढ इक्षा छ । 


त्यसैले उनले निशुल्क योग शिक्षा दिदैआएका छन । स्वास्थ्य क्षेत्रमा २० बर्ष दियको सेवा भन्दा यो सात वर्ष दियको योगशिक्षाले मेरोलागी  ठूलोसफलता मिलेको उनले वताए । 

रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु राम्रो भन्ने उखान छ । योगाले सकारात्मक सोच, सदभाव, सदविचार,सदकर्म को पनि विकास गर्दछ । दुर्गम मुगुमा पनि योग शिक्षालाइ निरन्तरता हुनु राम्रो पक्षहो । तेस्रो विश्व योग दिवश कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सरद पोखरेलको भनाइ    छ । योग ध्यान आसन  प्राचिन कालमा शंकर भगवानको शक्तीको एकरुप मानीन्थ्यो प्रजिअ पोखरेलले थपे ।

मृगौलाको पत्थरीका कारण थलापरेर डाक्टरको सल्लाह अनुसार अपे्रशन गर्न तयारी अवस्थामा थिय पछि योगा गर्दा राम्रो हुन्छ भन्ने सुनेर नियमीत योगा गर्न सुरुगरे आफै सन्चो भयो अहीले मलाइ योगामा विश्वास लागेको छ । म सधै योग गर्छु स्थानीय महीला बाचु बुढाको भनाइ छ । 

भिडीयो एक्सरे गर्दा मृगौलामा ४ एम एम भन्दा ठूलो पत्थरी देखायो डक्टरले औसधी खाने भएन भने अप्रेशन गर्नु पर्छ भनेपछि महीले योग गर्न सुरु गरे केही समय पछि जाँच गर्दा पत्थरी नदेखीदा मलाइ योगमा पूर्ण विश्ववास लाग्यो म नियमित ६ बर्ष यता योग गरिरहेको छु र अरुलाइ पनि सिकाउछु, । सायक योगगुरु जयकृष्ण थापाले लोकान्तर संग भने ।

घाटीको दिर्घ समस्या (थाइराइड)को कारणले निकै दुख भएको बोल्न अप्ठेरो हुने,सोर सुक्ने,घाटी बुझीने र श्वासफेर्न गाह्रो हुने अनेक समस्या थियो औषधीको सेवनले पनि सन्चो हुन नसकेपछि नियमित योग गरे लामो समयपछि सन्चो भयो यसकारणयोगामा विश्वास लाग्छ । शिक्षीका सम्झना शाहाले वताइन ।

नियमित,निरन्तर लामो समय योग गर्दा क्यान्सर हेपाटाइटीस जस्ता भयानक रोग पनि निको हुन्छन । भारतको एपोलो अस्पताल जस्ता ठूल ठूला अस्पतालबाट मृत्युको पूर्जादियका बिरामी सन्चो भएका उदाहरण छन । सवैलाइ विश्वास गर्न आग्रह गर्छन योगगुरु मल्ल । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला