कमल रावल | असार ७, अछाम | अछाम जिल्लाका सरोकारवालाले जिल्लाको आवश्यकताका आधारमा कार्यक्रम हुनु पर्ने बताएका छन । जिल्लाको परिबेश अनुसार कार्यक्रम प्रभावकारी रुपमा सन्चालन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | असार ७, अछाम | अछाम जिल्लाका सरोकारवालाले जिल्लाको आवश्यकताका आधारमा कार्यक्रम हुनु पर्ने बताएका छन । जिल्लाको परिबेश अनुसार कार्यक्रम प्रभावकारी रुपमा सन्चालन"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लाको आवश्यकताका आधारमा कार्यक्रम हुनु पर्ने

७ असार २०७४, बुधबार १६:०२


कमल रावल | असार ७, अछाम | अछाम जिल्लाका सरोकारवालाले जिल्लाको आवश्यकताका आधारमा कार्यक्रम हुनु पर्ने बताएका छन । जिल्लाको परिबेश अनुसार कार्यक्रम प्रभावकारी रुपमा सन्चालन तथा सम्पन्न हुन सके प्रभाबकारी हुनेमा जोड दिएका हुन । 

पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FHI 360 संगको सहकार्यमा ईक्वल एक्सेस र रेडियो रामारोशनको उत्पादनमा प्रशारण हुने कार्यक्रम साझाबोलीका लागि भएको विषयवस्तु छनोट कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले सञ्चार माध्यामले जहीले पनी स्थानियको आवाज सँकलन गर्दै निर्णायक तहमा पुरयाउनु पर्ने बताउनु भयो । सेवाग्राहीले पाउनु पर्ने सेवाका आधारमा जिल्लामा उपलब्धी कम रहेकाले आगामि दिनमा उपलब्धी तिर सबैले जोड दिनुपर्ने बताउनु भयो । 

छलफल कार्यक्रममा आगामि श्रृखलामा उत्पादन गर्नु पर्नेमा साझाबोलि कार्यक्रमका लागि अछाम जिल्लामा निशुल्क शिक्षा र कार्यान्वयनको चुनौती, कृषिमा अनुदान र कार्यान्वयन र निशुल्क पाईने औषधी र उपलब्धता गरि ३ वटा बिषय छनोट गरिएका छन । शिक्षाको बारेमा निमित्त जिल्ला शिक्षा अधिकारी चक्र बहादुर कुवुर, कृषिको बारेमा नाप्रस मनराज जोशि, स्वास्थ्यको बारेमा निमित्त जिल्ला स्वास्थ्य प्रमुख झपटराज ढुंगानाले जानकारी गराउनु भएको थियो । रेडियो कार्यक्रमलाई प्रभाबकारी बनाउनका लागि नियमित मुल्याकन र प्रभाबकारीतामा जोड दिनु पर्ने सुझाव दिएका थिए । 

हाल सम्मको प्रभाबकारीता र अबको आयोजनाका बारेमा FMDC अछामका कार्यक्रम अधिकृत गणेश तिरुवाले जानकारी गराउनु भएको थियो । कार्यक्रममा महिला बिकास अधिकृत भगवति अर्याल, गैसस महासघ अछामका अध्यक्ष खड्क खडका, महिला अधिकार मन्च अछामका अध्यक्ष अपसरा कुवर, नगर स्तरिय दलित समन्वय समिती सचिव बृख बिक, रेडियो रामारोशनका अप्रशेन चिप कृष्ण बहादुर बुढा, साझाबोलि कार्यक्रम अछामका रिपोर्टर गायत्रि भण्डारी, डोटीका रिपोर्टर खेमा कुमारी बोगटीको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन तथा सहजिकरण कार्यक्रम उत्पादक कमल रावलले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या