2026-09-08 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

विद्यालयमा शौचालयको अभाव हुँदा विद्यार्थी जंगल र खेतबारी धाउँछन्

मुगु । –दान बहादुर बुढा | तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको मुगुका विद्यालयका विद्यार्थीहरु शौच गर्न जंगल र झाडीतिर जान बाध्य छन् ।

मिति २०७५ जेष्ठ २८ मा साविकका २४ गाउँ विकास समितिमा तामझामसहित राज्यकोषबाट ठूलो लगानी खर्च गरेर खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएपनि विद्यालयमा शौचालय र पानीको अभावमा विद्यार्थीहरु जंगलतिर धाउन बाध्य बनेका हुन् ।

पश्चिम भेगमा पर्ने सोरु गाँउपालिकाको वडा नम्बर ३ ठूलागाँउमा रहेको गुरु माध्यमिक बिद्यालयमा अध्यानरत एकसय १९ छात्र, एकसय ६२ छात्रागरी जम्मा दुईसय ८३ जना विद्यार्थीहरु विद्यालयमा खानेपानी वा हात धुने पानीको व्यवस्था नहुँदा अन्यन्त्र जान बाध्य बनेका हुन्

विद्यालयमा रहेका दुईवटा शौचालय र एकवटा यूरिनलमा दिशा र पिसावले भरिएकाका कारण विद्यार्थीहरु दिशा र पिसाब गर्न बन जङ्गल, खेतबारीमा जान बाध्य भएका हुन् । घर नजिक भएका विद्यार्थीहरु आफ्नै घरमा जाने गरेपनि टाढा भएकाहरु बन जंगल र खेतबारीमा जाने गरेको स्थानीयहरु बताउने गर्छन ।

विद्यालयमा निर्माण गरिएका शौचालय दिशा र पिसावले भरीभराउ र फोहोर छन तर व्यवस्थापन समिति साथै स्थानीय सरकारले त्यसमा चासो नदिएका कारण विद्यार्थी र शिक्षकहरुलाई नै समस्या भएको कक्षा ८ मा अध्ययनरत छात्रा निरुता थामीले बताइन । ।

विद्यालयमा रहेका शौचालयहरु पहिला दुईतीन पटक निर्माण तथा मर्मत गरिएको तर पानी प्रयोग गर्ने तरिका नसिकाएको, शौचालय र धारा विग्रेको हुनाले शौचालय प्रयोग गर्नमा समस्या आएको अभिभावक जगत बहादुर सेजुवालले बताए ।

विद्यालयमा दुईवटा शौचालय निर्माण गरिएको भएपनि विशेषगरी पानीको समस्या भएका कारण विद्यार्थीको पढाइमै वाधा पर्ने गरेकाले सम्बन्धित निकायहरुले सहयोग गरिदिन शिक्षक युवराज बलले आग्रह गरे । समस्या समाधानका लागि पालिकाले ६८ लाखको शौचालयसहित बिद्यालय भवनका लागि बजेट बिनियोजन गरी पालिका लागि परेको पालिका उपाध्यक्ष केशर बहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित