९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल वायुसेवा निगमले असोज २४ गते काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने

२१ आश्विन २०८१, सोमबार १७:५२

काठमाडौँ | नेपाल वायुसेवा निगमले असोज २४ काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै निगमले अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिर जाने र आउने राजमार्गहरू क्षतिग्रस्त भएपछि यात्रुलाई सहज होस् भन्ने उद्देश्यले उद्धार उडान गर्न लागिएको निगम जनाएको छ ।

नेपालीहरूको महान् पर्व बडादसैँमा आ–आफ्नो जिल्लास्थित घर आउन र जान यात्रुहरूलाई सहज होस् भनी A320 जहाजबाट उद्धार उडान गर्न लागिएको जानकारी दिएको छ ।

निगमका अनुसार सोमबार काठमाडौँबाट भैरहवा बिहान ११ बजे र भैरहवाबाट काठमाडौँ १२: ३० मा उडान हुनेछ ।

काठमाडौँबाट भैरहवाका लागि एकतर्फी भाडा दर ७ हजार रुपैयाँ र भैरहवाबाट काठमाडौँका लागि ३ हजार ८९० रुपैयाँ लाग्नेछ भने ३० केजी लगेज निःशुल्क लान सक्ने व्यवस्था गरिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहलमा उद्धार उडान गर्न लागिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यात्रुहरूले निगमको आन्तरिक बिक्री कार्यालय वा वेभसाइट तथा मोवाइलबाटसमेत अनलाइन टिकट लिनसक्ने व्यवस्था गरिएको निगमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो