२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुण्य गौतमको टाउकोमा एक दर्जन टाँका, बाटो ढुकेर गरिएको थियो रड प्रहार

२०८१, २२ आश्विन मंगलवार १३:५०

काठमाडौँ | चर्चित सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतमलाई अज्ञात व्यक्तिले रड प्रहार गरी गम्भीर घाइते बनाएका छन्। जोरपाटीस्थित आफ्नो घर फर्किने क्रममा, हिजो राति ९ बजेतिर उनीमाथि आक्रमण भएको हो।

गौतम मोबाइलमा कुरा गर्दै घरतर्फ आइरहेका बेला, अज्ञात आक्रमणकारीले बाटोमा ढुकेर उनमाथि दुईपटक रडले प्रहार गरेका थिए। प्रहारबाट गौतमको टाउकोमा गहिरो चोट लागेको छ, जसका लागि चिकित्सकहरूले एक दर्जन टाँका लगाएका छन्।

घटना भएको बेला छरछिमेकीले गौतमलाई उद्धार गरी तत्काल अस्पताल पठाएका थिए। अहिले गौतमको उपचार नेपाल मेडिकल कलेजमा भइरहेको छ।

गौतमले आक्रमणकारीलाई चिनेनन् र उनीमाथि एक मात्र व्यक्तिले आक्रमण गरेको बताएका छन्। घटनाको समयमा उनका मोबाइलको ब्याट्री समेत उछिट्टिएको थियो।

छरछिमेकीहरूले केही व्यक्तिहरूले गौतमको घर नियालिरहेको देखेको बताएका छन्, जसले आक्रमणकारीले उनलाई ढुकेर आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने