२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भिसा तथा मास्टरकार्डको रकम विदेशबाट तुरुन्तै नेपाली बैङ्क खातामा निःशुल्क पठाउन सकिने

२०८१, २२ आश्विन मंगलवार १३:५८

काठमाडौँ | अब विदेशबाट भिसा तथा मास्टर मार्फत रकम सोझै नेपालका कुनै पनि बैङ्क खातामा जम्मा गर्न सकिने भएको छ । नबिल बैङ्कसँगको सहकार्यमा हाम्रो पात्रोले सोमबारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो ।
इजी सेन्ड नाम दिइएको यो फिचर हाम्रो पात्रोको एपमै उपलब्ध गराइएको छ । जसमा गएर कार्ड डिटेल उल्लेख गरी नेपालका कुनै पनि बैङ्क खातामा तत्कालै जम्मा गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।
कम्पनीका अनुसार कुनै पनि अन्तर्राष्ट्रिय कार्ड (भिसा तथा मास्टरकार्ड) बाट रकम ट्रान्सफर गर्न सकिनेछ । जसमा कुनै पनि शुल्क नलाग्ने बताइएको छ ।


“नेपालमा सुरक्षित रूपमा तत्कालै रकम पठाउन चाहने विदेशमा रहेका मानिसहरूलाई सहज र विश्वसनीय विकल्पको रूपमा इजीसेन्ड डिजाइन गरिएको छ,” हाम्रो पात्रोले भनेको छ, “चाहे तपाईँ आफ्ना साथीभाइ वा घरपरिवारका लागि पठाउनु होस् अथवा कुनै व्यक्तिगत भुक्तानी नै किन नगर्नुहोस्, इजिसेन्डले तपाईँलाई भिसा तथा मास्टर कार्ड प्रयोग गरी नेपालका कुनै पनि बैङ्क खातामा रकम पठाउने सुविधा दिन्छ ।”
यसरी पठाइएको रकम तुरुन्तै नेपाली बैङ्क खातामा जम्मा गरिने र रकम पठाउने कार्य सम्पन्न हुने बित्तिकै प्राप्त रकम प्रयोग गर्न सकिनेछ । भिसा तथा मास्टर कार्डको रकम पठाउने कार्य निकै सहज र थोरै चरणमा सम्पन्न गर्न सकिन्छ ।
कसरी गर्छ काम ?
यसका लागि सबैभन्दा पहिला तपाईँले इजीसेन्ड अकाउन्ट खोल्नु पर्ने हुन्छ । जसका लागि सुरक्षित प्रोफाइल बनाउन केही आधारभूत व्यक्तिगत विवरण उपलब्ध गराउनु पर्छ ।
यति गरिसकेपछि रकम प्राप्त गर्ने व्यक्तिको बैङ्क खाता लगायतका विवरण उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो भिसा तथा मास्टर कार्डको विवरण राखेर रकम पठाउन सकिन्छ । यसरी गरिने सम्पूर्ण भुक्तानी सुरक्षित रूपमा सम्पन्न हुने हाम्रो पात्रोले जनाएको छ ।
उल्लिखित चरण पूरा गर्ने बित्तिकै रकम प्राप्त गर्ने व्यक्तिको खातामा जम्मा हुन्छ । घर बसेर बिना शुल्क सहजै रकम पठाउन र प्राप्त गर्न सकिने हाम्रो पात्रोको यो सुविधा खास गरी विदेशमा बस्ने नेपालीहरूका लागि निकै उपयोगी हुने विश्वास हाम्रो पात्रोले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने