२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जीपबाट खसेर बालकको मृत्यु

२०८१, २ कार्तिक शुक्रबार १५:२१

खोटाङ । जीपबाट खसेर घाइते भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ८ वर्षीय हेमन्त बस्नेतको मृत्यु भएको छ । दिक्तेल–खानीडाँडा सडक खण्डको सिद्धेश्वर गुफा नजिक बिहीबार राति सडकमा खसेर घाइते भएका बस्नेतको उपचारका लागि काठमाडौं लैजाने क्रममा बिहीबार राति मृत्यु भएको हो ।

ना १ ज ५७४३ नम्बरको जीपमा चढेर खाल्ले जाँदै गर्दा सडकमा खसेका बस्नेतको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लैजाने क्रममा हलेसी पुग्दा सिकिस्त भएपछि दुर्छिमस्थित हलेसी तुवाचुङ नगर अस्पतालमा भर्ना गरिएको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका गाडी चालक ४५ गोविन्द कटवाल र गाडीलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने