(सास)। असार १०, दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि चेतनामुलक सडक नाटक चरिकोटमा आज प्रदर्शन भएको छ ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) दोलखाको आयोजनामा आवाज आर्ट क्रियसन प्रा.लि.ले नाटक प्रदर्शन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास)। असार १०, दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि चेतनामुलक सडक नाटक चरिकोटमा आज प्रदर्शन भएको छ ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) दोलखाको आयोजनामा आवाज आर्ट क्रियसन प्रा.लि.ले नाटक प्रदर्शन "/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सामुदायिक मेलमिलाप सम्बन्धि सडक नाटक चरिकोटमा प्रदर्शन

२०७४, ९ असार शुक्रबार १४:५५

(सास)। असार ९, दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि चेतनामुलक सडक नाटक चरिकोटमा आज प्रदर्शन भएको छ ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) दोलखाको आयोजनामा आवाज आर्ट क्रियसन प्रा.लि.ले नाटक प्रदर्शन गरेको हो । नाटकमार्फत गाउँ घरमा हुने सानातिना विवादको समाधानका लागि स्थानिय तहमा रहेका मेलमिलाप केन्द्रमा जान अपिल गरिएको छ । नाटक प्रदर्शन पश्चात्त मन्तव्य राख्नुहुँदै सामुदायिक मेलमिलाप कार्यक्रम, दोलखाका संयोजक तारा बहादुर महतले मेलमिलाप केन्द्रबाट विवाद समाधान गर्दा समय र पैसाको बचत हुनुको साथै विवादका पक्षहरुको सम्बन्ध पनि सुधार हुने बताउनुभयो ।

सामुदायिक मेलमिलाप कार्यक्रमको बारेमा जानकारी दिई समुदायस्तरका विवादहरु गाउँमै रहेका मेलमिलाप केन्द्रमार्फत मिलाउने उद्धेश्यले नाटक प्रर्दशन गरेको आयोजकको भनाई छ । नाटक आज नै साविकको कालिञ्चोक गाविसको कुरी बजारमा समेत प्रदर्शन गरिएको छ भने यसअघि जिल्लाका अन्य अधिकांश गाविस÷नगरपालिकामा पनि प्रदर्शन गरिएको थियो ।

सामुदायिक मेलमिलाप कार्यक्रम स्थानिय तहसँगको समन्वय र द एसिया फउण्डेसनको आर्थिक सहयोगमा एनआरसिटीसी, नेपालले करिब दुई बर्ष अघिदेखि दोलखा लगायत प्रदेश नम्बर ३ का ५ वटा जिल्लामा संचालन गरीरहेको छ । कार्यक्रम अन्र्तगत दोलखाका साविकको गाविस÷नगरपालिकामा ४ सय ५० भन्दा बढी तालिम प्राप्त मेलमिलापकर्ताहरुले मेलमिलाप केन्द्रमार्फत हालसम्म करिब ५ सयको हाराहारीमा विवाद समाधानमा सहजीकरण गरीसकेको संस्थाले जनाएको छ ।

चरिकोटको सातदोबाटोमा सम्पन्न नाटक प्रर्दशन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी निरिक्षक प्रेमसागर के.सी, सहायक जिल्ला वन अधिकृत चन्द्रबहादुर थापा, जिल्ला बालकल्याण समितिका सदस्य इश्वरबहादुर थापा, जिल्ला हुलाक कार्यालय दोलखाका प्रमुख नविनकुमार श्रेष्ठ, मेलमिलापकर्ता लगायत सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरुसहित सैयौंको संख्यामा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु