२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

गाउँ जादैनन् गाविस सचिव

२०७२, ४ माघ सोमबार १०:२६

सम्राट सिंह/ माघ ४ , बझाङ ।  बझाङ जिल्लाका गाविस सचिवहरु अझै गाँउ फर्केका छैनन् । सचिबहरु गाँउ नजाँदा सेवाग्राही लाई मर्का परेको छन । जिल्ला विकास समितिले सचिवहरु लाई गाँउ बस्ने ताकेता नगर्दा सशस्त्र द्घोन्दमा सदरमुकाम भित्रिएका सचिवहरु अझै गाँउ फर्केका छैनन् ।

bajhang news

शान्ति स्थापना भएपछि सम्वन्धित गाविसमा गएर काजपत्र सहित वोर्ड झुन्ड्याएका सचिवहरुले हाल सम्म पनि सदरमुकाम चैनपुरमा खोलीएका कार्यालयहरु बन्द गरेका छैनन् । एक भन्दा बढी गाविसको जिम्मेवारी लिएका सचिवहरुले सेवाग्राहीको लागी सदरमुकाम चैनपुरमा सम्पर्क कार्यालय खोल्नु बाध्य भएको वताए पनि अन्य सचिबहरुले भने खुलेयाम सदरमुकाम चैनपुरमै बसेरै काम गर्दै स्थानिय प्रशासन बेखवर छ ।

४२ गाविस रहेको बझाङ जिल्लामा ४२ वटै गाविसका सचिबहरुले सदरमुकाम चैनपुुरमा घर भाँडा लिएर बस्दै आएका छन् । सचिव खोज्दा खोज्दै हैरान भयो एक दिन टाढा रहेको सुनकुडा गाविस वाट नागरिता बनाउन आएकी अम्विका जोशीले भनिन् अझै पनि सचिव गाँउ नर्फकिदा सामान्य कामका लागि समेत सदरमुकाममा आउनु पर्छ ।

गाउँ परिषद , सामाजिक सुरक्षा भर्ता वितरण र कहिले काही गाविसमा हुने सर्वदलिय सर्व पक्षीय बैठकमा मात्र सचिवहरु गाँउ जाने गर्दछन् । गाँउमै बसेर जनताको सेवा दिने गाविस सचिवहरुले यसरी सदरमुकाममा कार्यालय खोली बस्दा विकास रकम बाट घरभाडा समेत दिएर अनियमिता समेत हुने गरेको दहबगरका मकर धामीले बताए । उनले भने सचिब गाँउ नबसेर जनताको सेवामा खेलवाड गरेको छ । ३८ जना सचिब मध्य ३ जना सचिवले एक भन्दा बढी गाविसको जिम्मा लिएको छ ।

यता स्थानिय विकास अधिकारी आत्मराम सत्यालले भने गाविस कार्यालयमा बस्नुपर्ने गाविस सचिब ले सदरमुकामै कार्यालय खोलेर बस्न मिल्दैन । उनले जरुरी काम बाहेक अन्य समय गाँउमै बस्न परिपत्र गर्ने वताए ।
फोटो क्याप्सन ः सदरमुकाम चैनपुरमा कार्यालय खोलेर काम गर्दै सुर्मा र दौलिचौरका सचिव नन्दराम जोशी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन