२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या

२०८१, ५ कार्तिक सोमबार १३:०५

सिरहा | सिरहाको गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरूले गरेको घटना सार्वजनिक भएको छ। असोज २८ गते साँझ सुखीपुर नगरपालिका–१० स्थित गागन खोलाको किनारमा बालुवाले छोपिएको अवस्थामा महराको शव फेला परेको थियो।

प्रहरी अनुसन्धानले दुर्गा मेला हेर्न गएका लागूऔषध सेवनकर्ता साथीहरूले योजना बनाएर हत्या गरेको पुष्टि गरेको छ।

हत्या आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

यसरी भयो हत्या
असोज २७ गते राति कृष्ण र रोहित दुर्गा पूजाको मेला हेर्न सुखीपुर नगरपालिका–१०, शिवचौक पुगेका थिए। मेलामा भेटिएका साथीहरूले मादक पदार्थ र लागुऔषध (गाँजा र नाईट्राभेट ट्याबलेट) सेवन गरेका थिए।

त्यही क्रममा कृष्णले आफूले चिनेकी एक केटीसँग भेट्ने योजना सुनाए। साथीहरूले समेत ती महिलासँग भेट्ने इच्छा व्यक्त गरेपछि कृष्णले अस्वीकार गरे।

यो विवादकै बीच आवेगमा आएर पाँचै जनाले कृष्णको हत्या गर्ने योजना बनाए। चारैतिरबाट घेरा हालेर धारिलो कैंचीले कृष्णको घाँटी र पेटमा प्रहार गरी उनको निर्मम हत्या गरिएको प्रहरीले जनाएको छ।

हत्या लुकाउन उनीहरूले गागन खोलाको पश्चिम किनारमा खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले छोपेर फरार भएका थिए।

असोज २८ गते शव फेला परेको सूचनापछि प्रहरीले अनुसन्धान सुरु गर्दा घटना आफ्नै साथीहरूको संलग्नतामा भएको पत्ता लागेको हो। पाँचैजनालाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको डीएसपी पासवानले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा