१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार

६ कार्तिक २०८१, मंगलवार ०८:४१

हेटौँडा । मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मधेश प्रदेशबाट ४० जनाको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा सोमबार मधेश प्रदेशका ३ जिल्लाका विभिन्न स्थानहरुबाट १० जनाको उद्धार गरिएको छ ।

जसमध्ये सर्लाहीको हरिवन नगरपालिका–११ बाट १ जना, बागमती नगरपालिकाबाट–१२ बाट २ जना रौटहटको चन्द्रपुर नगरपालिका–२ र ३ वडाबाट ४ जना र पर्साको वीरगञ्ज महानगरपालिकाबाट ३ जना गरि १० जनाको उद्धार गरिएको हो ।

उद्धार हुनुभएका ७ जनालाई मानवसेवा आश्रम वीरगञ्ज सेवाकेन्द्रमा र ३ जनालाई मूख्य कार्यालय हेटौँडा सेवाकेन्द्रमा आजै स्थान्तरणका लागि लगिएको छ ।
उद्धार टोली सोमबार सर्लाही, रौटहट, बारा, पर्सा जिल्लाको विभिन्न ठाउँहरुमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार सेवाामा खटिएको हो ।

असोज २८ गतेबाट पूर्वको मेचीनगरनगर नगरपालिकाबाट सुरु भएको यात्राको आठौँ दिन कार्तिक ५ गतेसम्मको अवधिमा पर्साको वीरगञ्जसम्म आइपुग्दा मधेश प्रदेशबाट ३० पुरुष र १० महिला गरी ४० जनाको उद्धार गरिएको हो ।

मधेश प्रदेशअन्तर्गत सबैभन्दा बढी सप्तरी जिल्लाबाट एकैदिन १३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको थियो ।

त्यस्तै मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा–७ बाट ४ जना, वडा–६ बाट ३ जना र वडा– १ बाट १ जना, सप्तकोशी नगरपालिका–१ बाट ५ गरि १३ जनाको उद्धार भएको हो ।

त्यस्तै सिरहाको लहान नगरपालिका वडा–१ बाट २ जना, वडा–३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जना गरि सिरहाबाट ८ जना र धनुषा जिल्लाको जनकपुरधाम उपमहानगर पालिकाबाटबाट ४ जनाको उद्धार भएको हो ।

त्यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरबाट ३ जना, मिथिला नगरपालिका–६ बाट १ जना र महोत्तरीको बर्दिबास नगरपालिका(१ बाट १ जनाको उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ कलंकीमा बिजुलीको पोलमा आगलागी  अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त