२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी

२०८१, ६ कार्तिक मंगलवार ११:३५

काठमाडौँ | सरकारले दक्षिण कोरिया (ईपीएस) र मलेसियासँगको द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएअनुसार, दुवै देशलाई श्रम सम्झौता नवीकरणका लागि आवश्यक ड्राफ्टसहित पत्राचार गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौलाका अनुसार मलेसियासँगको श्रम सम्झौतामा परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पत्र पठाइसकिएको छ, तर मलेसियाबाट जवाफ आउन बाँकी छ। कोरिया ईपीएस नवीकरणका लागि रोजगार व्यवस्थापन महाशाखाले छलफल गरिरहेको जानकारी पनि उनले दिएका छन्। कोरिया र मलेसियासँगको श्रम सम्झौता आगामी एक–दुई महिनामा नवीकरण हुने अपेक्षा रहेको छ।

मलेसियासँग सन् २०१८ मा र कोरियासँग सन् २०१८ मा श्रम सम्झौता नवीकरण भएको थियो। मलेसियासँग चार वर्ष र कोरियासँग दुई वर्षको अवधिमा श्रम सम्झौता नवीकरण हुने प्रावधान रहेको छ। कोरियासँगको सम्झौताको म्याद सन् २०२० मा समाप्त भएको थियो भने मलेसियासँगको सम्झौता सन् २०२२ मा सकिएको थियो।

हालको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको तीन महिनामा दक्षिण कोरियामा तीन हजारभन्दा बढी नेपाली कामदार ईपीएसमार्फत गइसकेका छन्। मलेसियामा भने यो अवधिमा मात्र ५० जना कामदार गएका छन्। मलेसियाको रोजगारी गत मार्चदेखि बन्द रहेको छ। म्यानपावर व्यवसायीहरुले सरकारले मलेसियासँगको रोजगारी पुन: खुलाउन कूटनीतिक छलफल नगरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने