११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी

६ कार्तिक २०८१, मंगलवार ११:३५

काठमाडौँ | सरकारले दक्षिण कोरिया (ईपीएस) र मलेसियासँगको द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएअनुसार, दुवै देशलाई श्रम सम्झौता नवीकरणका लागि आवश्यक ड्राफ्टसहित पत्राचार गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौलाका अनुसार मलेसियासँगको श्रम सम्झौतामा परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पत्र पठाइसकिएको छ, तर मलेसियाबाट जवाफ आउन बाँकी छ। कोरिया ईपीएस नवीकरणका लागि रोजगार व्यवस्थापन महाशाखाले छलफल गरिरहेको जानकारी पनि उनले दिएका छन्। कोरिया र मलेसियासँगको श्रम सम्झौता आगामी एक–दुई महिनामा नवीकरण हुने अपेक्षा रहेको छ।

मलेसियासँग सन् २०१८ मा र कोरियासँग सन् २०१८ मा श्रम सम्झौता नवीकरण भएको थियो। मलेसियासँग चार वर्ष र कोरियासँग दुई वर्षको अवधिमा श्रम सम्झौता नवीकरण हुने प्रावधान रहेको छ। कोरियासँगको सम्झौताको म्याद सन् २०२० मा समाप्त भएको थियो भने मलेसियासँगको सम्झौता सन् २०२२ मा सकिएको थियो।

हालको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको तीन महिनामा दक्षिण कोरियामा तीन हजारभन्दा बढी नेपाली कामदार ईपीएसमार्फत गइसकेका छन्। मलेसियामा भने यो अवधिमा मात्र ५० जना कामदार गएका छन्। मलेसियाको रोजगारी गत मार्चदेखि बन्द रहेको छ। म्यानपावर व्यवसायीहरुले सरकारले मलेसियासँगको रोजगारी पुन: खुलाउन कूटनीतिक छलफल नगरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु