ताराबहादुर महत । असार १०, दोलखा । दोलखालाई शैक्षिक गन्तव्य बनाउन जिल्लास्थित सरोकारवालाहरुले ११ बुँदे प्रतिबद्धता जनाएका छन । गौरीशंकर बहुमुखी क्याम्पसको आयोजनामा आज चरिकोटमा सम्पन्न स्थानिय तहमा उच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार १०, दोलखा । दोलखालाई शैक्षिक गन्तव्य बनाउन जिल्लास्थित सरोकारवालाहरुले ११ बुँदे प्रतिबद्धता जनाएका छन । गौरीशंकर बहुमुखी क्याम्पसको आयोजनामा आज चरिकोटमा सम्पन्न स्थानिय तहमा उच"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखालाई शैक्षिक गन्तव्य बनाउन ११ बुँदे प्रतिबद्धता

२०७४, १० असार शनिबार १३:५८

ताराबहादुर महत । असार १०, दोलखा । दोलखालाई शैक्षिक गन्तव्य बनाउन जिल्लास्थित सरोकारवालाहरुले ११ बुँदे प्रतिबद्धता जनाएका छन । गौरीशंकर बहुमुखी क्याम्पसको आयोजनामा आज चरिकोटमा सम्पन्न स्थानिय तहमा उच्च शिक्षाको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले उच्च शिक्षामा आधुनिक प्रविधिको प्रयोग गरेर गुणस्तरिय बनाउने प्रतिबद्धता जनाएका हुन ।

प्रतिबद्धता पत्रमा सामुदायिक क्याम्पसहरुलाई राजनीतिक हस्तक्षेप मुक्त गर्ने, उच्च शिक्षालाई गुणस्तरीय र जीवन उपयोगी बनाउन सबै सरोकारवालाहरुको साझेदारी र सहभागीता सुनिश्चत गर्ने, जिल्लामा रहेका क्याम्पसहरुले आपसि समन्वयमा भौगोलिक क्षेत्र र समुदायको माग अनुसार फरक फरक  प्राविधिक विषयहरु संञ्चालन गर्ने प्रतिबद्धता जनाईएको छ । त्यस्तै वर्तमान अवस्थाको विश्लेषण गरी  जिल्लाका सामुदायिक क्याम्पसहरु आपसमा समायोजन गरी अस्वस्थ प्रतिष्पर्धा र खर्च घटाउदै गुणस्तर अभिबृद्धिमा जोड दिने, शैक्षिक उपलब्धि मापनको आधारमा अनुदान उपलब्ध गराउने निति अवलम्वन गर्ने,  जिल्लामा निश्चित समयावधिमा नियमित रुपमा शैक्षिक प्रर्दशनी गर्नुका साथै उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरुको सिकाई अनुभवहरु आदानप्रदानका लागि शैक्षिक भ्रमण गराउने लगायत बुँदाहरु समेटिएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक खिलनाथ सापकोटाले नेपालमा सामुदायिक क्याम्पसहरुको अवस्था सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुहुदैँ सामुदायिक क्याम्पसहरुमा र्र्आिर्थक अभाव, दक्ष जनशक्तिको अभाव, राजनितिक हस्तक्षेप लगायत समस्याका कारण शैक्षिक गुणस्तर खस्किँदै गएको वताउनु भएको छ ।

गौरीशंकर बहुमुखी क्याम्पस दोलखाका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद तथा एमाले नेताहरु पशुपति चौँलागाँई, पार्वत गुरुङ, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर प्रेम शर्मा, नेपाली काङग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, भिमेश्वर नगरपालिका प्रमुख भरत के.सी, मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी यज्ञराज  बोहोरा, जिल्ला समन्वय समिति दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपाल, जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशिछवा, शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलाल, कालिञ्चोक गाँउपालिकाका उपाध्यक्ष कालिका पाठक, गौरीशंकर बहुमुखी क्याम्पसका पुर्व अध्यक्ष आत्माकृष्ण श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गर्नुहुँदै शैक्षिक गुणस्तर बृद्धिका लागि सबैले आ–आफ्नो तह तप्काबाट सक्रिय भुमिका निर्वाह गर्ने बताउनु भएको थियो । 

यस्तो छ प्रतिबद्धता पत्रः



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला