११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा

९ कार्तिक २०८१, शुक्रबार १३:०२

कञ्चनपुर | लालझाडी गाउँपालिका–१ बिनवारीका रमेश बडायक (४५ वर्ष ) र उनकी श्रीमती कमला बडायक (४१ वर्ष) आफ्नै घरको आँगन र बरण्डामा मृत अवस्थामा फेला परेका छन्। मदिरासहितको नास्ता पसल सञ्चालन गर्दै आएका बडायक दम्पतीको शव शुक्रबार बिहान घर बाहिरै रक्ताम्य अवस्थामा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमेश जोशीका अनुसार बडायक दम्पती सामान्यतः पसल रहेको घरमै बस्दै आएका थिए। “गर्मीको कारण बाहिर बरण्डामा सुत्ने गरेका थिए,” जोशीले भने। रमेशको शव आँगनमा भेटिएको छ भने कमलाको शव नजिकै बरण्डामा सुत्ने ओछ्यानको नजिकै रक्ताम्य झुलमा लटपटिएको अवस्थामा फेला परेको छ। दुबैको अनुहार र टाउकोमा चोट देखिएको र हत्या गरिएको शंका गरिएको प्रहरी अधिकारीले बताएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र केसीले घटनाको अनुसन्धानका लागि डीएसपी उमेश जोशीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। साथै, प्रदेश प्रहरीबाट तालीमप्राप्त कुकुरको सहायताले पनि अनुसन्धान भइरहेको छ। घटनास्थलमा साढे दुई लाख नगद फेला परेको र यसले घटनालाई थप रहस्यमय बनाएको डीआईजी केसीले बताए। दम्पतीले बिहीबार मात्र बैंकबाट पैसा निकालेको जानकारी प्राप्त भएको र सोही दृष्टिकोणबाट अनुसन्धान भइरहेको छ।

दुवै जनाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु