९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनकामना जाँदै गरेको इभी भ्यान धादिङमा दुर्घटना : ११ जना घाइते

९ कार्तिक २०८१, शुक्रबार १५:३२

काठमाडौँ | धादिङमा इभी भ्यान दुर्घटना भएको छ। काठमाडौंबाट मनकामना जाँदै गरेको बा.प्र.०१-०३० च ७६५९ इभी भ्यान शुक्रबार दिउँसो १: ३५ बजेतिर धादिङ थाक्रे गाउँपालिका -६ नौकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा ११ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये तीनजनाको अवस्था मध्यम छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रल्हाद सिलवालले दुर्घटनामा ११ जना घाइते भएको जानकारी दिए। उनका अनुसार घाइतेहरूलाई महादेववेशीस्थित टाइम्स केयर हस्पिटलमा उपचारका लागि पठाइएको छ। उनीहरूको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ।

इलाका प्रहरी खानिखोलाबाट प्रहरी सहायक निरीक्षक शत्रुधन प्रसाद यादवको नेतृत्वमा गएको टोलीले घाइतेहरूलाई उद्दार गरी अस्पताल पठाएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं