११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना

९ कार्तिक २०८१, शुक्रबार १६:१६

धादिङ | धादिङको थाक्रे गाउँपालिका–६ नौकिलामा दुर्घटनामा परेको माइक्रोबसमा सवार यात्रुहरू मनकामना मन्दिरको दर्शन गर्न गोरखा जाँदै गरेका थिए। भक्तपुरको धुवाँकोटबाट माइक्रो रिजर्भ गरेर यात्रा गर्दै गरेका दुई परिवारको यो यात्रा दुर्घटनामा परिणत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घटनाबारे जानकारी अनुसार, ७० वर्षीय केदार कुमारी श्रेण्ठको ६ जनाको परिवार र ४२ वर्षकी राधिका कटुवालको ४ जनाको परिवार माइक्रो रिजर्भ गरेर मनकामना जाँदै थिए। माइक्रो चालक गंगा बहादुर बस्नेत (३०) का अनुसार, आज दिउँसो १२ बजे भक्तपुरबाट गोरखाको लागि माइक्रो गुडेको थियो।

धादिङको थाक्रे गाउँपालिका–६ नौकिलामा आइपुग्दा, सडकको ठूलो खाल्डो छल्न खोज्दा स्टेरिङ नमोडिएको कारण गाडी सडकबाट तल खस्न पुगेको उनले बताए। “त्यस्तो कुनै समस्या थिएन,” बस्नेतले भने। “सडकको बीचमा एउटा ठूलो खाल्डो रहेछ। खाल्टो छलाउन खोज्दा स्टेरिङ घुमाउन मिलेन र एक्कासी सडकबाट तल हुत्तियो।”

दुर्घटनामा घाइते हुनेमा चालक दोलखा, गौरीशंकर गाउँपालिका–३ बस्ने वर्ष ३० को गंगाबहादुर बस्नेत (टाउको र हातमा चोट, अवस्था सामान्य) रहेका छन्।

यस्तै, माइक्रोमा सवार रामेछाप घर भई भक्तपुर, चागुनारायण नगरपालिका–१ बस्ने वर्ष ७० की केदारकुमारी श्रेण्ठ (कम्मरमा चोट, सामान्य), सोही स्थानका ४२ वर्षकी राधिका कटुवाल (करङमा चोट, अवस्था सामान्य), सोही स्थानका ४२ वर्षका कुमार कटुवाल (ढाड र छातीमा चोट, मध्यम), १२ वर्षका विवस कटुवाल (मुख, शरीर अन्य भागमा चोट, अवस्था सामान्य) रहेको धादिङ प्रहरीले जनाएको छ।

यस्तै, १५ वर्षका सुरज श्रेष्ठ (शरीरको विभिन्न भागमा चोट, अवस्था सामान्य), १६ वर्षकी विनिता कटुवाल (बाहिरी चोट नभएको, अवस्था सामान्य), सोही स्थानका ३९ वर्षकी संगीता श्रेष्ठ (निधार र कम्मरमा चोट, अवस्था सामान्य), ४० वर्षकी नारनबहादुर श्रेष्ठ (टाउको र दाहिने हात तथा शरीरको विभिन्न भागमा चोट, मध्यम) रहेका छन्। सोही स्थानका १० वर्षका सुदीप श्रेष्ठ (दाहिने खुट्टा कम्मरमा चोट, (अवस्था सामान्य) र ४५ वर्षको नारायण दास श्रेष्ठ (निधार ढाड र टाउकोमा चोट, बोल्न सक्ने, मध्यम) रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको उपचार महादेवबेसीस्थित टाइम्स केयर अस्पतालमा भइरहेको छ, र प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ।

शुक्रबार (आज) दिउँसो बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान (ईभी) अनियन्त्रित भइ सडकबाट १५–२० मिटर तल खस्दा यो दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु