ताराबहादुर महत । असार १२, दोलखा । असार महिनाको पहिलो साता, ३ गते शनिबारको दिन थियो । विहानै सुष्पाक्षमावतिबाट सिँगटीका लागि साईकल यात्रामा यात्रारत साविकको आलम्पु–५ का देवबहादुर थामी मनमा उज्यालो भविष्यको कल्पना गरीरहेका थिए । घरजम गर्ने तयारीमा रहेका २७ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार १२, दोलखा । असार महिनाको पहिलो साता, ३ गते शनिबारको दिन थियो । विहानै सुष्पाक्षमावतिबाट सिँगटीका लागि साईकल यात्रामा यात्रारत साविकको आलम्पु–५ का देवबहादुर थामी मनमा उज्यालो भविष्यको कल्पना गरीरहेका थिए । घरजम गर्ने तयारीमा रहेका २७ "/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

गरीब नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा वरदान सावित

२०७४, १२ असार सोमबार ०७:०२

ताराबहादुर महत । असार १२, दोलखा । असार महिनाको पहिलो साता, ३ गते शनिबारको दिन थियो । विहानै सुष्पाक्षमावतिबाट सिँगटीका लागि साईकल यात्रामा यात्रारत साविकको आलम्पु–५ का देवबहादुर थामी मनमा उज्यालो भविष्यको कल्पना गरीरहेका थिए । घरजम गर्ने तयारीमा रहेका २७ बर्षिय युवा थामीको मनमा निकट भविष्यको बारेमा कुराहरु खेलीरहँदा उनले सुनखानीको सोती बजारलाई उछिनीसकेका थिए । यत्तिकैमा साईकलको अगाडिको पाङ्ग्रो अड्कियो र पछाडिको पाङ्ग्रोले हुत्याएर साईकल सडकमै लड्यो । उनी केहि पर ढुङ्गै ढुङ्गा भएको ग्राभेल सडकमा पछारिन पुगे । उनकै शब्दमा भन्दा सायद साईकलको अगाडिको पाङ्ग्रो ढुङ्गामा अड्किएकोले होला । यस्तो दुर्घटना भोग्नु परेको ।

दुर्घटनाको केहि समय पश्चात्त अर्धचेत अवस्थामा रहेका उनी आफू उठ्ने र साईकल उठाएर अगाडि बढ्ने सोच गरे तर सकेन्न । उनको बाँया हात नै नचलेपछि उनलाई हात भाँचिएछ जस्तो लाग्यो । त्यसपछि केहि बेरमै सिँगटीबाट चरिकोट आउँदै गरेको गाडीका कर्मचारीहरुको सहयोगमा उनलाई चरिकोट ल्याईयो । र उनी प्रस्तावित चरिकोट अस्पतालमा भर्ना भए । अस्पताल श्रोतले दिएको जानकारी अनुसार प्रारम्भिक चेकजाँच गर्दा उनको हात भाँचिएको र अनुहारमा धेरै चोट लागेको थियो ।

हाडजोर्नी चिकित्सक मन्दिप पाठकको नेतृत्वको टोलीले सोहि दिन जटिल शल्यक्रिया गरी भाँचिएको उनको हातमा प्लेट राखिएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालको भनाई छ । उहाँका अनुसार लाखौँ रुपैयाँ तिरेर लिनुपर्ने हाडजोर्नी सम्बन्धि सेवा यो अस्पतालले निःशुल्क प्रदान गरीरहेको छ । 

अस्पतालले निःशुल्क रुपमा आफ्नो उपचार गरेर ज्यान बचाएकोमा आफु धेरै खुसी भएको विरामी थामीको भनाई छ । आपतमा परेको बेला निःशुल्क सेवा दिने अस्पताल न्युन आयस्तर भएका नागरिकको लागि त वरदान नै सावित भएको थामीले बताए । काठमाण्डौं जानु परेको भए बस्न खानको समेत हुन्थ्यो यहाँ निःशुल्क उपचार पाईयो खुसी छु, उनले भने ।  उनका अनुसार निःशुल्क सेवा दिने ठाउँ हत्तपत्त नपाईने भएकोले पाएको ठाउँमा सबैले सदुपयोग गर्नुपर्छ ।

४÷५ बर्ष वैदेशिक रोजगारीको शिलसिलामा कतार र साउदी अरब बसेका थामी विदेशमा खासै कमाई नभएपछि स्वदेश फर्केका हुन । घरमा रहेका उनका बुबा पनि लामो समयदेखि प्यारालाईसिस लगायत रोगले थलिएका छन । बुबाको उपचार गराउने आशा बोकेर घर फर्केका थामी आफैँ पनि दुर्घटनामा परेका हुन । कृषि पेशामा संलग्न रहेका उनले निकट भविष्यमा फलफूल खेती गर्ने योजना समेत बनाईरहेको सुनाए ।

थामी त एक प्रतिनिधि पात्र मात्र हुन । उनी जस्ता धेरै नागरिकलाई यस अस्पतालले सेवा दिईरहेको छ । न्युन आयस्तर भएका धेरै नागरिकहरुले आपतमा परेको बेला निजी अस्पतालमा लाखौं खर्च गरेर सेवा लिईरहनु परेको छ ।

एक महिनाअघि हाडजोर्नी चिकित्सक मन्दिप पाठक यस अस्पतालमा आए पश्चात्त उहाँको नेतृत्वमा दर्जन बढी हाडजोर्नी सम्बन्धि जटिल शल्यक्रिया गरिएको र विशेष गरी न्युन आयस्तर भएका नागरिकहरुलाई अस्पताल आएर सेवा लिन डाक्टर दंगालको अनुरोध छ । प्राथकिमक स्वास्थ्य केन्द्र चरिकोट र न्याय हेल्थ, नेपाल नामक गैरसरकारी संस्थाको सहकार्यमा संचालित यस अस्पतालले करिब डेढ बर्षको अवधिमा ८० हजार विरामीलाई सेवा दिईसकेको जनाएको छ । यस अस्पतालले बहिरंग, प्रसुती, अन्तरंग, प्रयोगशाला, सुरक्षित गर्भपतन, परिवार नियोजन, एक्स–रे, भिडियो एक्स–रे, विभिन्न प्रकृतिको शल्यक्रिया लगायतका सेवाहरु निःशुल्क प्रदान गरीरहेको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह