१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या

१५ कार्तिक २०८१, बिहीबार १७:३५

वीरगन्ज | वीरगन्ज-३ छपकैयाका युवक वीरेन्द्र साह सोनारको हत्यामा संलग्न युवकलाई बारा प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

वीरगन्ज महानगरपालिका-३ छपकैयाका अन्दाजी २६ वर्षीय युवक वीरेन्द्र साह सोनारको शव हत्या गरिएको अवस्थामा बाराको प्रसौनी गाउँपालिका-१ स्थित गण्डक नहरको त्रिवेणी पुल नजिक कात्तिक १ गते फेला परेको थियो। असोज २७ गते बाराको मुसहर्वामा लाग्ने मेला हेर्न भनेर घरबाट निस्किएका सोनारको शव कात्तिक १ गते पुल नजिक टाउको पछाडि चोट लागेको अवस्थामा भेटिएको थियो।

सोनारको हत्यामा संलग्न मुख्य आरोपित पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ का २८ वर्षीय विजयकुमार साह कलवारलाई बारा प्रहरीले सोनारको हत्या भएको एक हप्तापछि भारतको रक्सौलबाट पक्राउ गरेकोमा बिहीबारमात्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। सोनारको शव भेटिएकै दिन प्रहरीले सोनारकी श्रीमति मनिषा देवीलाई पनि नियन्त्रणमा लिएको थियो।

बिहीबारको पत्रकार सम्मेलनमा बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले सोनारकी श्रीमती मनिषा र विजयबीच प्रेम सम्बन्ध रहेको र त्यसैका कारण विजयले सोनारको हत्या गरेको जानकारी दिए।

असोज २७ गते मुसहर्वाको मेला हेरेर फर्कने क्रममा राति ९.३० बजेको समयमा विजयले पछाडिबाट गम्छाले सोनारको घाँटीमा कसेर हत्या गरेको र शव गण्डक नहर छेउको त्रिवेणी पुलमुनि फालेर हिंडेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए। सोनारको हत्यामा उनकी श्रीमती मनिषाको पनि मिलोमतो रहेको देखिएकाले उनलाई पनि प्रहरी हिरासतमा राखेर कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु