२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या

२०८१, १५ कार्तिक बिहीबार १७:३५

वीरगन्ज | वीरगन्ज-३ छपकैयाका युवक वीरेन्द्र साह सोनारको हत्यामा संलग्न युवकलाई बारा प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

वीरगन्ज महानगरपालिका-३ छपकैयाका अन्दाजी २६ वर्षीय युवक वीरेन्द्र साह सोनारको शव हत्या गरिएको अवस्थामा बाराको प्रसौनी गाउँपालिका-१ स्थित गण्डक नहरको त्रिवेणी पुल नजिक कात्तिक १ गते फेला परेको थियो। असोज २७ गते बाराको मुसहर्वामा लाग्ने मेला हेर्न भनेर घरबाट निस्किएका सोनारको शव कात्तिक १ गते पुल नजिक टाउको पछाडि चोट लागेको अवस्थामा भेटिएको थियो।

सोनारको हत्यामा संलग्न मुख्य आरोपित पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ का २८ वर्षीय विजयकुमार साह कलवारलाई बारा प्रहरीले सोनारको हत्या भएको एक हप्तापछि भारतको रक्सौलबाट पक्राउ गरेकोमा बिहीबारमात्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। सोनारको शव भेटिएकै दिन प्रहरीले सोनारकी श्रीमति मनिषा देवीलाई पनि नियन्त्रणमा लिएको थियो।

बिहीबारको पत्रकार सम्मेलनमा बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले सोनारकी श्रीमती मनिषा र विजयबीच प्रेम सम्बन्ध रहेको र त्यसैका कारण विजयले सोनारको हत्या गरेको जानकारी दिए।

असोज २७ गते मुसहर्वाको मेला हेरेर फर्कने क्रममा राति ९.३० बजेको समयमा विजयले पछाडिबाट गम्छाले सोनारको घाँटीमा कसेर हत्या गरेको र शव गण्डक नहर छेउको त्रिवेणी पुलमुनि फालेर हिंडेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए। सोनारको हत्यामा उनकी श्रीमती मनिषाको पनि मिलोमतो रहेको देखिएकाले उनलाई पनि प्रहरी हिरासतमा राखेर कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने