2026-09-27 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सलमानपछि शाहरुखलाई पनि ज्यान मार्ने धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता

मुम्बई | पछिल्लो समय बलिउडका सुपरस्टारलाई लगातार ज्यान मार्ने धम्की आउने क्रम जारी छ। अभिनेता सलमान खानले ग्याङस्टर लरेन्स बिस्नोइ र अन्य अज्ञात समूहबाट बारम्बार धम्की पाउँदै आएका छन् भने, हालै अभिनेता शाहरुख खानलाई पनि यस्तै धम्की प्राप्त भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, रायपुरका फैजान खान नामका एक व्यक्तिले शाहरुखलाई ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ। धम्कीको सम्बन्धमा महाराष्ट्रको बान्द्रा पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ, जसमा धारा ३०८(४), ३५१ (३) र (४) अन्तर्गत आपराधिक मुद्दा दायर गरिएको छ। प्रहरीको टोली रायपुरमा अनुसन्धानका लागि पठाइएको छ।

शाहरुखमाथि यसअघि पनि यस्तै किसिमको धम्की आएको थियो। गत अक्टोबरमा उनका सुपरहिट फिल्महरू पठान र जवान को सफलतापछि उनलाई धम्की आएको थियो। त्यसपछि शाहरुखलाई वाई प्लस सुरक्षा उपलब्ध गराइएको थियो। यसप्रकारका घटनाले बलिउडका शीर्ष स्टारहरूलाई थप सुरक्षा चुनौतिमा पारेको छ।

सञ्जय गुप्ताले गत वर्ष सामाजिक सञ्जालमा शाहरुखको साहसको प्रशंसा गर्दै भनेका थिए कि शाहरुख ९० को दशकमा अन्डरवर्ल्डको धम्कीलाई बेवास्ता गर्दै, उनीहरूको सामु नझुकेको एक मात्र अभिनेता थिए। उनले आफ्नो दृढता कायम राख्दै भनेका थिए, “म पठान हुँ।”

बलिउडमा बारम्बार देखा पर्ने यस्ता धम्कीका कारण, प्रहरी सुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह