2026-10-02 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चियाको बजारीकरण र व्यवसायीकरणको समस्याबारे मन्त्री अधिकारीसँग छलफल

काठमाडौं । इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले इलाममा चियाको बजारीकरण र व्यवसायीकरणमा देखिएका समस्याबारे कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसंग छलफल गरेका छन् ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिवसहितको छलफलमा इलामका व्यवसायीहरुको तर्फबाट सर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एशोसियसन नेपालका उपाध्यक्ष अभिनन्द गिरिले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरणमा भारतीय बजारमा मात्रै निर्भर हुँदा पटक पटक समस्या आउने गरेको गुनासो पोखे ।

साथै चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि विभिन्न देशससँग छलफल तथा आवश्यक पहलका लागि मन्त्रीको ध्यानाकर्षण समेत गराए ।

युरोप र अमेरिकी बजारमा बिक्री हुने उच्च गुणस्तरको तयारी अर्थोडक्स चिया निर्यात गर्दा भारतीय कस्टमले दुःख दिने गरेको व्यवसायीहरुको भनाइ छ । पूर्वी नेपालको सीमा नाका पानीट्यांकीस्थित भारतीय कस्टमले इलाम र पाँचथरको प्रमाणित अर्गानिक चिया निकासीमा विभिन्न बहानामा अवरोध गर्ने गरेको व्यवसायीले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो