असर २३, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लामा हर्न निषेधका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेको छ । 

सो कार्यालयद्वारा यहाँ आज आयोजित पत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असर २३, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लामा हर्न निषेधका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेको छ । 

सो कार्यालयद्वारा यहाँ आज आयोजित पत"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

साउन १ गतेदेखि पोखरामा पनि हर्न निषेध लागु गरिने

२३ असार २०७४, शुक्रबार ०८:०२


असर २३, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लामा हर्न निषेधका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेको छ । 

सो कार्यालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी निरीक्षक विश्वराज अधिकारीले आगामी साउन १ गतेदेखि जिल्लामा हर्न निषेध गर्ने बताउनुभयो । सार्वजनिक गरिएको एक महिने कार्ययोजनामा नगर क्षेत्रका मुख्य ठाउँमा हर्न निषेध बोर्ड राख्ने, प्रेसर हर्न नियन्त्रण कार्यक्रम तथा हर्न बजाउन नपाइने सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने छन् । 

प्रहरी निरीक्षक अधिकारीकाअनुसार, यस सम्बन्धमा चालकलाई प्रशिक्षण दिने, जेब्रा क्रसिङ सचेतना र चालक तथा पैदल यात्रीलाई पर्चा वितरण, दुर्घटनाग्रस्त क्षेत्रमा होर्डिङ बोर्डहरु राख्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने छन् । 

सवारी दुर्घटना न्यूनीकरण गर्न सडक प्रयोगकर्ताले अपनाउनुपर्ने सावधानी सम्बन्धमा सचेत गराई हुन सक्ने सम्भावित जोखिमहरु जस्तै मानिसको मृत्यु, अपाङ्ग, अङ्गभङ्ग तथा सम्पत्ति क्षति कम गर्न पनि कार्यालयले विभिन्न कार्यक्रम गर्ने वताइएको छ । 

बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि तथा सवारीसाधनको निरन्तर वृद्धिका कारण जिल्लाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने