८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा चट्याङ लागेर एकको मृत्यु, चारमहिने शिशुसहित तीन जना घाइते

२४ असार २०७४, शनिबार ०४:११

असार २४, नुवाकोट । मेघाङ गाउँपालिका–६ सामरी मैबलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

चारमहिने शिशुसहित तीन जना घाइते भएका छन् । शुक्रबार राति परेको चट्याङ लागेर भिभराम तामाङको घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी सामरीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक तेजलाल यादवले जानकारी दिनुभयो । 

घरमा सुतिरहेका समयमा चट्याङ लागेर मृत्यु भएका ४७ वर्षीय तामाङको शरीर जलेर क्षतविक्षत भएकाले परीक्षण नै नगरी शव परिवारलाई जिम्मा लगाइएको छ । चट्याङ लागेर भिभरामका भतिज २२ वर्षीय सूर्य, उहाँकी श्रीमती २२ वर्षीया सुष्मा र उहाँको चारमहिने छोरा अरुण घाइते भएका छन् । 

घाइते तीनै जनालाई नुवाकोट सिटी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । चट्याङले सूर्यको ब्याउने भैँसी मरेको छ भने गाउँमा रहेका एक दर्जन घरको विद्युतीय सामग्रीमा समेत क्षति पुगेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने