खकेन्द्र केसी

असार २४, सल्यान 

सानै उमेरमा हुने बालविवाहलाई न्युनिकरण गर्न समुदायमा नै स्थापना भएका बाल कलब हरुको विषेश भुमिका हुने सल्यानमा एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

जिल्ला बाल कल्याण समिति सल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

असार २४, सल्यान 

सानै उमेरमा हुने बालविवाहलाई न्युनिकरण गर्न समुदायमा नै स्थापना भएका बाल कलब हरुको विषेश भुमिका हुने सल्यानमा एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

जिल्ला बाल कल्याण समिति सल"/>

२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालविवाह न्युनिकरण गर्नुपर्ने, अधिकारको लागी एक हुनुपर्ने भन्छन सल्यानमा एक कार्यक्रमका सहभागीले

२०७४, २४ असार शनिबार १२:४४

खकेन्द्र केसी

असार २४, सल्यान 

सानै उमेरमा हुने बालविवाहलाई न्युनिकरण गर्न समुदायमा नै स्थापना भएका बाल कलब हरुको विषेश भुमिका हुने सल्यानमा एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

जिल्ला बाल कल्याण समिति सल्यानको आयोजना र महिला तथा बालबालिका कार्यालय सल्यानको सहयोगमा आज खलंगामा भएको जिल्ला बाल भेला  कार्यक्रममा अहिले पछिल्लो समयमा धेरै बालबालीकाहरु लभ गर्ने, विहे गर्ने काम तिर मात्रै व्यस्त हुने भएकाले त्यसलाई रोक्नुपर्नेमा सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने र बालबालीका स्वयंम सक्षम हुनुपर्ने विभिन्न व्यक्तिहरुले बताएका छन् । त्यस्तै बालबालीकाहरु आफुले पाउने सबैखालको अधिकारको लागी विभिन्न समुह, कलव बनाई एक भएर आवाज उठाउनु पर्नेमा सबैले जोड दिएका छन् । 

कार्यक्रममा जिल्लाको विभिन्न ठाउँबाट युवा कलबका बालबालीका तथा विभिन्न विद्यालमा अध्यानरत बालबालीकाहरु गरी करिब ५० जना भन्दा धेरैको सहभागीता रहेको थियो । उपस्थीत सबैले आफ्ना साथिभाईहरुलाई बालविवााह गर्दाको असरहरु प्रष्ट पार्न सके केहि मात्रमा बालविवाह न्युनिकरण हुने सहभागीहरुले बताएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि शारदा नगरपालीका मेयर सुरेश अधिकारीले सरकारले बाल बालीकाहरुलाई सरकारले बर्षेनी करोडौँ पैसा खर्च गरेको भएपनि सरकारी तहको खासै नाम नआउने, तर अरु संघ स्थाको नाम आउने भएकाले त्यस तर्फ सबैले सोचनुपर्ने बताएका थिए । सरकारले बालबालीकाको लागी विभिन्न कार्यक्रमहरु गरेको र त्यसलाई सबैले लागु गर्नुपर्ने उनले बताएका छन् ।  विशिष्ट अतिथीको रुपमा रहेका जिल्ला समन्वय समितीका अध्यक्ष खिम बहादुर रायमाझिले अब बालबालीकाको लागी स्थानीय तहले बिषेश काम गर्न बताएका छन् बालबालीकाहरु अब आफ्नो अधिकारको लागी स्थानीय तहमा गएर पाउन सकिने पनि उनले बताएका छन् । 

जिल्ला शिक्षा अधिकृत देवि प्रसाद सुवेदिले शिक्षामा बालबालीकाको लागी बर्षै पिछे प्रयाप्त बजेट छुट्याएको बताएका छन् । विद्यालयमा कुनै पनि शिक्षकले पढाउन अल्छी गरेमा, नियमीत विद्यालयमा उपस्तीथ नभएमा तत्काल आफुलाई खबर गरेमा त्यस्ता शिक्षकहरुलाई आफुले कारबाहि गरेरै छाड्ने सुबेदिले बताएका छन् । जिल्ला शिक्षा कार्यालय सल्यान बाट विद्यार्थिको लागी सबै विद्यालयमा ठुलो मात्रामा बजेट जाने भएकाले त्यसको सबैले सदुपयोग गर्नुपर्ने उनले बताएका थिए । विद्यार्थीले समय मा नै पाठ्यपुस्तक, छात्रावृत नपाएमा सिधै जिल्ला शिक्षा कार्यालय सल्यानमा खबर गरेपछि त्यस्ता विद्यालयलाई आफुले कारबाहि गर्ने जिल्ला शिक्षा कार्यालय सल्यानका अधिकृत देवि पैसाद सुवेदिले बताएका छन् । 

साहयक प्रमुख जिल्ला अधिकारी श्रीधन टण्डनको सभाअध्यक्ष रहेको कार्यक्रममा शारदा नगरपालीका मेयर सुरेश अधिकारी, जिल्ला समन्वय समितीका अध्यक्ष खिम बहादुर रायमाझि, जिल्ला शिक्षा अधिकृत देवि प्रसाद सुवेदि, महिला तथा बालबालीका कार्यालय सल्यानकी अधिकृत राजकुमारी राई, हरप्रेस सल्यानका रामचन्द्र रेग्मी लगाएतको रहेका थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर